बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

नागरिकता विधेयक प्रमाणीकरण भएपछि एमाले महासचिवले सोधे पाँच प्रश्न

नागरिकता विधेयक प्रमाणीकरण भएपछि एमाले महासचिवले सोधे पाँच प्रश्न

साझा पोष्ट
बुधबार, जेठ १७ २०८०
  • images
    नागरिकता विधेयक प्रमाणीकरण भएपछि एमाले महासचिवले सोधे पाँच प्रश्न
    images

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले नागरिकता प्रमाणीकरण भएपछि पाँच वटा प्रश्न उठाएका छन् । सामाजिक सञ्जाल मार्फत उनले प्रश्न सोधेका हुन् । 


    images
    images

    उनले  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्नको घेरामा राखेका छन् ।एमाले महासचिवलाई यो विषय प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडेका छन् । 'निष्कृय बनेको नागिकता विधेयकलाई भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणिकरण गर्नुपर्ने सरकारको बाध्यता के आइलाग्यो  ? ' उनले फेसबुकमा लेखेका छन् ।

    उनका प्रश्न यस्ता छन् :

    १. नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको ‘भर्डिक’लाई उपेक्षा गर्न मिल्छ ?

    २. सम्माननीय पूर्वराष्ट्रपतिज्यूले अघि सार्नुभएको गम्भीर प्रश्नहरूको उत्तर दिने कर्तव्यबाट सरकार र संसद् भाग्न मिल्छ ?

    ३. प्रादेशिक पहिचानसहितको नागरिकताको संवैधानिक प्रबन्धको ठाडो उल्लङ्घन गर्न मिल्छ ?

    ४. नयाँ जनादेशको उपेक्षा गरेर निष्कृय विधेकलाई प्रमाणीकरण गर्न मिल्छ ?

    ५. संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूलाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो ?

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार