शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय विदेश राज्यमन्त्री लेखीले गरिन् स्वागत

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय विदेश राज्यमन्त्री लेखीले गरिन् स्वागत

साझा पोष्ट
बुधबार, जेठ १७ २०८०
  • images
    प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय विदेश राज्यमन्त्री लेखीले गरिन् स्वागत
    images

    काठमाडौं । चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली पुगेका  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।


    images
    images

    प्रचण्डलाई स्वागत गर्न राज्यमन्त्री लेखीसहित भारतीय विदेश मन्त्रालयका अधिकारीहरू विमानस्थलमा पुगेका थिए। प्रचण्डलाई स्वागतका लागि भारत सरकारले विशेष सांस्कृतिक झाँकीसहितको टोली पनि विमानस्थलमा पठाएको थियो। 

    लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका थिए । 

    bidesh mantri21685529885.jpg

     

    प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दल अहिले दिल्लीस्थित होटलमा पुगिसकेको छ।प्रचण्डसहितका अतिथिलाई होटल मौर्यमै बस्ने व्यवस्था मिलाइएको छ। सोही होटलमा साँझ ६ बजे भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री प्रचण्डलाई छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । 

     

    हैदरावाद हाउसमा विहीवार बिहान ११ बजे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । प्रचण्ड र मोदीबीच आधा घण्टा भेट्ने समय छुट्याइएको छ। भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरू पनि सहभागी छन्। टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत छन्।

    india_pm1685527696.jpg

    प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने छ। गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि  प्रचण्डको यो पहिलो विदेश भ्रमण हो । 

    prachanda-visit-inidanm1685527669.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार