बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

ओलीको टिप्पणी : नेपाली समाज नकारात्मक र पतनकाे दिशामा

ओलीको टिप्पणी : नेपाली समाज नकारात्मक र पतनकाे दिशामा

साझा पोष्ट
बुधबार, जेठ १७ २०८०
  • images
    ओलीको टिप्पणी : नेपाली समाज नकारात्मक र पतनकाे दिशामा
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली समाजमा पतनको दिशामा गैरहेको टिप्पणी गरेका छन् । नेकपा माओवादी निकट कलाकारहरुलाई पार्टी प्रवेश गराउँदै ओलीले समाजमा नकारात्मक सोच फैलिएको र पतनोन्मुख भएको टिप्पणी गरे ।


    images
    images

    दुनियाँलाई नै सभ्यता र संस्कृतिको पाठ सिकाउने समाज पछिल्लो समय विकृतितर्फ भासिँदै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

    'अहिले युट्युब हेर्न सकिँदैन । एकान्तमा जानु पर्ने हुन्छ । हामी सभ्य समाजमा छौं कि विकृतितर्फ भासिँदै गएको समाजमा छौं ? अचम्म लाग्दैछ ।' अध्यक्ष ओलीले भने, यही देशबाट सभ्यता र संस्कृतिको सुरुवात भयो, त्यो देश त्यो भूमिमा जसको पुर्खाले दुनियाँमा सभ्यता भन्ने चिजको सुरुवात गरे, संस्कृति भन्ने चिजको सुरुवात गरे, सामाजिक प्रबन्ध भन्ने चिजको सुरुवात गरे, उत्कृष्ट मानवीय भावनाहरुको सुरुवात गरे । अहिले दुनियाँमा कतै नभएको छाडापन यहीँ देखिएको छ ।'  

    समाज र संस्कृति बिग्रिँदा त्यसलाई सुधार्न निकै मुस्किल हुने भन्दै ओलीले नेपाली समाज बिग्रिएकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले भने, 'राजनीति बिग्रियो भने १-२ वटा चुनावमा शिक्षा लिएर सही बनाउन सकिन्छ । अर्थतन्त्र बिग्रियो भने १-२ वर्षको बजेटबाट पञ्चवर्षीय योजनाबाट सुधार्न सकिन्छ । देशको संस्कृति बिग्रियो भने, सांस्कृतिक पतन भयो भने त्यो उठाउनका लागि पुस्तौंसम्म लाग्छ ।'

    kp-oli-troll_gold1685531303.jpg
    गत साता प्रतिनिधिसभामा पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा प्रश्न उठेपछि अध्यक्ष ओलीको शरीरभर सुनले भरिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो । बुधबारको कार्यक्रममा ओलीले आफूलाई ट्रोल गरिएको उक्त तस्बिरप्रति लक्षित गर्दै नेपाली समाज गलत दिशामा उन्मुख भएको टिप्पणी गरेका हुन् । 
    ‘सानो हुँदा आमाको औंठी चार दिन लगाएँ । एउटा साथीले दिएको औंठी बिहानदेखि बेलुकासम्म लगाएँ । त्योबाहेक सुन कहिल्यै लगाएको छैन’, ओलीले भने, ‘अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । त्यति सुन म बोक्न पनि सक्दिनँ होला । यति साह्रो झूट, यत्रो मेहनत गरेर फैलाएका छन् । कस्तो नियत, कस्तो घटिया कुरा होला ? ’

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार