बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

पुँजीबजारको स्वार्थ समूहबाट जोखिम बढ्योः अर्थमन्त्री महत

पुँजीबजारको स्वार्थ समूहबाट जोखिम बढ्योः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले पूँजि बजार तल,माथि गराउने समूहलाई करको दायरामा ल्याउँदा आफूमाथि जोखिम बढेको बताएका छन् । बुधवार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा अर्थमन्त्री महतले पुँजीबजारमा ठूलो लगानी गरेर आम्दानीको स्रोत बनाउनेहरुलाई इमान्दार भएर करको दायरामा ल्याउन खोज्दा आफूलाई नै जोखिम महशुस गरेको बताए ।  

साझा पोष्ट
बुधबार, जेठ १७ २०८०
  • images
    पुँजीबजारको स्वार्थ समूहबाट जोखिम बढ्योः अर्थमन्त्री महत
    images

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले पूँजि बजार तल,माथि गराउने समूहलाई करको दायरामा ल्याउँदा आफूमाथि जोखिम बढेको बताएका छन् । 


    images
    images

    बुधवार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा अर्थमन्त्री महतले पुँजीबजारमा ठूलो लगानी गरेर आम्दानीको स्रोत बनाउनेहरुलाई इमान्दार भएर करको दायरामा ल्याउन खोज्दा आफूलाई नै जोखिम महशुस गरेको बताए ।  
    बजारमा  बजारमा ठूलो लगानीकर्ताको समूहले बजारलाई तल झारेर तुरुन्तै शेयर किनेर बजार माथि लैजाने गरेको उनले दाबी गरे ।

    अर्थमन्त्री महतले सरकारले यस्तो प्रणालीको अन्त्य गर्न खोजेको बताउनु भयो।  सरकारले बजेटमार्फत शेयर बजारमा बढी आय गर्नेहरुलाई करको दायरामा ल्याउँदा स्वार्थ समूहहरुले अर्थमन्त्रीले शेयर बजारलाई समाप्त पार्न खोज्यो, ६० लाख लगानीकर्ता समाप्त हुने भए भन्ने जस्ता दुष्प्रचार गरिरहेको बताए  शेयर बजारमा बढी कमाउनेहरुले कर नतिर्ने चलखेल गरेको उनको दाबी छ । ९९.९ प्रतिशत शेयरमा लगानी गर्नेहरु सरकारले गरेको व्यवस्थामा नपर्ने पनि उनले बताए । 

    ‘बजेटपछि शेयर बजार खतम भयो भनिएको छ । जसले आम्दानीको लागि नियमित व्यवसाय गर्छ । अहिले ५०\६० लाख लगानीकर्ता खतम भए भनिएको छ भनेर कसले प्रचार गरिरहेको छ ।  यसमा जसले सानो जागिर खान्छ । वर्षमा ५ देखि ६ लाख कमाउँछ उसले चाहीँ कर तिर्नु पर्ने,जसले करोडौं कमाउँछ उसले  कर नै तिर्न नपर्ने ? त्यो हुने होइन होला । त्यस कारण यसलाई बिस्तारै सिस्टममा ल्याउनुपर्छ । ’ उनले भने, जसले कारोबारको क्रममा घाटामा गएको छ । ९९.९ प्रतिशत यो भित्र पर्दैनन् ।  सम्पूर्ण पुँजीबजारमा लगानी गर्ने आयकरको विषयमा आत्तिनुपर्ने केही कारण छैन ।’

    सरकारले बजेटमार्फत गरेको पुँजी लगानीकर्ताको लागि लगाएको करको दायरा पुँजीबजारमा लगानी गरेर केही फाइदा होला भनेर लगानी गर्नेहरुको लागि लागू नहुने उनले स्पष्ट  पारे ।  शेयरमा लगानी गर्ने सबैलाई आयकरको दायरामा आउने भनेर बजेटले नभनेको बताए ।

     महतले शेयर बजारलाई नै पेशा बनाएर नाफा कमाएपछि कर तिर्नुपर्ने दाबी गर्नुभयो। सरकारले पुँजी बजारमा कुनै स्वार्थ नराखेको भन्दै  बजारलाई व्यवसाय बनाएकाले कर तिर्नुपर्छ भन्ने प्रणालीको विकास गर्न खोजिएको उनले बताए । जसले धेरै पूँजिबजारमा लगानी गरिरहेको छ । त्यही काम गर्छ । त्यसैले पुँजीबजारलाई माथि लाने र तल लाने काम गर्छ । तल लगेर अनि त्यही बेला किनेर फेरि माथि लगेर तुरुन्तै किन्छ । यसलाई हामी सिस्टममा ल्याउने की नल्याउने ? मलाई थाहा छ । भेस्टेट इन्टेटहरु चौतर्फी रुपमा लाग्छन् । खतम गर्यो अर्थमन्त्रीले समाप्त पार्यो । सबै क्र्यास नै ग¥यो । ६० लाख लगानीकर्ता समाप्त हुने भए भनेर हुन्छ । अरु धेरै बाहिरबाट पनि आउँछ । अहिले अर्थमन्त्रीको लागि जोखिम पनि त्यहीँ देखिरहेको छु । उनले भने । 

    अर्थमन्त्री महतले मिडियाले बजेटका राम्रा कार्यक्रम ढाकेर सांसद विकास कोषको प्रचार गरेको गुनासो  गरे । उनले सरकारले अर्थतन्त्र सुधार गर्न ल्याएका अन्य धेरै व्यवस्थालाई आझेलमा पर्ने गरी सांसद विकास कोषलाई हाइलाइट गरिएको बताए । अर्थमन्त्री महतले सरकारले १६५ निर्वाचन क्षेत्रमा दिने ५ करोड रुपैया पनि पुँजीगत खर्च नै भएको  बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार