शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

प्रधानमन्त्री प्रचण्डसँग नयाँदिल्लीमा क्वात्रा र डोभालको भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग नयाँदिल्लीमा क्वात्रा र डोभालको भेटवार्ता

साझा पोष्ट
बुधबार, जेठ १७ २०८०
  • images
    प्रधानमन्त्री प्रचण्डसँग नयाँदिल्लीमा क्वात्रा र डोभालको भेटवार्ता
    images

    काठमाडौं । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भारत सरकारका विदेश सचिव विनयमोहन क्वात्रा र सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गरेका छन् ।


    images
    images

    नयाँदिल्लीस्थित मौर्य होटलमा बसेका प्रधानमन्त्री प्रचण्डलाई क्वात्रा र डोभालले भेटेका हुन् ।  प्रधानमन्त्री प्रचण्डलाई बुधबार दिउँसो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिईन् । प्रधानमन्त्री प्रचण्ड  विमानस्थलमा स्वागतपछि  होटल पुगेका थिए ।

    तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो भारत भ्रमण हो ।  भ्रमण दलमा परराष्ट्रमन्त्री एमपी साउदसहित पाँच मन्त्रीहरू सहभागी छन् । दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार हैदराबाद हाउसमा दुई पक्षीय वार्ता हुने तालिका  छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार