बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

मेरो यो भ्रमणले दुई देशबीचकाे सम्बन्ध थप उचाइमा पुग्नेछ: प्रधानमन्त्री प्रचण्ड

मेरो यो भ्रमणले दुई देशबीचकाे सम्बन्ध थप उचाइमा पुग्नेछ: प्रधानमन्त्री प्रचण्ड

साझा पोष्ट
बुधबार, जेठ १७ २०८०
  • images
    मेरो यो भ्रमणले दुई देशबीचकाे सम्बन्ध थप उचाइमा पुग्नेछ: प्रधानमन्त्री प्रचण्ड
    images

    काठमाडौं । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनु आफ्नो भारत भ्रमणको उद्देश्य रहेको बताएका छन् ।


    images
    images

    नयाँदिल्लीस्थित नेपाली दूतावासमा बुधबार साँझ आयोजित रात्रिभोज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो भ्रमणको प्रमुख उद्देश्य दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनु रहेको बताए । 

    ‘मेरो यो भ्रमणले हाम्रो सम्बन्ध थप उचाइमा पुग्नेछ’, उनले भने, ‘सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध कायम राख्ने पक्षमा नेपाल छ। समय समयमा हुने यस्ता भ्रमणले हाम्रो सम्बन्ध थप बलियो हुनेछ।’

    प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटमा केही महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने पनि बताए । ‘भोलि जेठ १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मेरो भेटवार्ता हुँदैछ’, उनले भने, ‘त्यसक्रममा केही महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुनेछ।’

    उनले सम्बोधनका क्रममा भारतमा रहेका नेपालीको प्रशंसा पनि गरे।‘संसारका जुनसुकै ठाउँमा रहेका नेपालीले नेपालको छवि उचाइमा पुर्याउन योगदान दिएका छन्’, उनले भने, ‘तपाईंहरूले भारतमा गरेको अध्ययन र जानेको सीप नेपालमा प्रयोग हुनेछ भन्ने विश्वास लिएको छु।’

    उनले आफू प्रधानमन्त्री भएपछि अर्थतन्त्र सुधारमा केही कदमा चालेपछि सकारात्मक नतिजा आएको पनि दाबी गरे।‘मैले चालेको कदमले अर्थतन्त्र बलियो हुँदैछ’, उनले भने, ‘रेमिट्यान्स पनि बढ्दैछ। विदेशी मुद्रा सञ्चिती पनि बढेको छ।’ यस्तै, प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार