शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

नेपाली राष्ट्रिय क्रिकेट टिम दक्षिण अफ्रिका प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टिम दक्षिण अफ्रिका प्रस्थान

साझा पोष्ट
बुधबार, जेठ १७ २०८०
  • images
    नेपाली राष्ट्रिय क्रिकेट टिम दक्षिण अफ्रिका प्रस्थान
    images

    काठमाडौं । आईसीसी विश्वकप छनोटका लागि अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रीका गएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली मंगलबार राति दक्षिण अफ्रीका प्रस्थान गरेको जनाएको छ ।तर, नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने भने बलात्कार मुद्दाको फैसला नभएकोले गएनन् । 


    images
    images

    नेपालले दक्षिण अफ्रीकामा नेदरल्यान्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेल्नेछ । नेपाल दक्षिण अफ्रीकाबाटै जिम्बावे जानेछ । जिम्बावेमा हुने  विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागीता  छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।प्रतियोगितामा नेपाल समूह 'ए' मा  छ । नेपालको समूहमा आयोजक जिम्बावे,वेस्ट इन्डिज,नेदरल्यान्ड्स र अमेरिका छन् । १८ जुन अर्थात असार ३ मा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । 

    दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग खेल्ने नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन र असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा सँग २४ जुन र असार ९ मा खेल्नेछ । 

    समूह 'बी' मा  श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड,ओमान र युएई  छन् । समूह चरणमा प्रत्येक राष्ट्र चार खेल खेल्नेछन् । आ(आफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् । 

    सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ । भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार