शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

सातदोबाटोमाथि मच्छिन्द्रको सहज जित, थ्री स्टार र संकटाले बराबरी खेले 

सातदोबाटोमाथि मच्छिन्द्रको सहज जित, थ्री स्टार र संकटाले बराबरी खेले 

साझा पोष्ट
बुधबार, जेठ १७ २०८०
  • images
    सातदोबाटोमाथि मच्छिन्द्रको सहज जित, थ्री स्टार र संकटाले बराबरी खेले 
    images

    काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ ।


    images
    images

    एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिक गोल गरे ।सातदोबाटोका जोर्डन पुन मगरले एक गोल फर्काए ।

    मछिन्द्रको यो दशौँ जित हो । जितसँगै मछिन्द्र लिगको दोस्रो स्थानमा उक्लिएको छ ।मछिन्द्रले २३ खेलमा ३९ अंक जोडेको छ ।सातदोबाटो २३ खेलमा २९ अंक जोडेर सातौं स्थानमा  छ ।

     च्यासल मैदानमा बुधबार भएको खेलमा थ्री स्टार र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो ।
    यस बराबरीसँगै थ्री स्टारले २३ खेलमा २७ अंक जोडेको छ ।थ्री स्टार ११ औं स्थानमा  छ ।संकटाले २३ खेलमा २७ अंक जोडेको छ ।संकटा १२ औं स्थानमा  छ ।

    three_star1685552836.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार