शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

अस्पतालमा बेड उपलब्धताको विवरण वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

अस्पतालमा बेड उपलब्धताको विवरण वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा शय्या (बेड)को उपलब्धताको स्थिति वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएका छन्। बुधबार काठमाडौँ महानगरपालिकाले ‘विश्व धूमपानरहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भूमिका’ विषयक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले अस्पतालहरूलाई आइसीयू, इमर्जेन्सी वा सीसीयू बेडको उपलब्धता वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको बताएका हुन्।

साझा पोष्ट
बुधबार, जेठ १७ २०८०
  • images
    अस्पतालमा बेड उपलब्धताको विवरण वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा शय्या (बेड)को उपलब्धताको स्थिति वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएका छन्।


    images
    images

    बुधबार काठमाडौँ महानगरपालिकाले ‘विश्व धूमपानरहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भूमिका’ विषयक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले अस्पतालहरूलाई आइसीयू, इमर्जेन्सी वा सीसीयू बेडको उपलब्धता वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको बताएका हुन्।

    “देशभरका अस्पतालमा बेडको अवस्था के छ वेबसाइटमा राखेर सबैलाई क्लियर गर्नु भनेर मैले निर्देशन दिएको छु। त्यो काम शुरू भइरहेको छ,” उनले भने।

    उनले अब अस्पतालहरूको ओपीडी टिकट अनलाइनमार्फत लिन सकिने बताए। “अब अनलाइन र फिजिकल्ली दुई वटै किसिमले टिकट पाउन सक्छौँ,” उनले भने। उनले वीर अस्पतालले चाँडै नै आफ्नो सेवा वृद्धि गर्ने पनि जानकारी गराए।
    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीले कदम नचाले अस्पताल प्रशासन बन्द गर्ने चेतावनी दिए लगत्तै मन्त्री बस्नेतले यस्तो निर्देशन दिएका हुन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार