शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

किन लुकाइयो 'बेटी'का नाममा किनिएका ५ हजार साइकल !

किन लुकाइयो 'बेटी'का नाममा किनिएका ५ हजार साइकल !

जनकपुरधाम । मधेस प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छात्रालाई बाँड्न भनेर खरिद गरेका करोडौं मूल्यका साइकल लुकाएका अवस्थामा भेटिएका छन्। अभियानको तेस्रो चरणमा किनिएका ५ हजारभन्दा बढी साइकल वितरण नगरी गोदाममा रहस्यमय ढंगले राखिएका पाइएको हो। 

साझा पोष्ट
बिहीबार , जेठ १८ २०८०
  • images
    किन लुकाइयो 'बेटी'का नाममा किनिएका ५ हजार साइकल !
    images

    जनकपुरधाम । मधेस प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छात्रालाई बाँड्न भनेर खरिद गरेका करोडौं मूल्यका साइकल लुकाएका अवस्थामा भेटिएका छन्। अभियानको तेस्रो चरणमा किनिएका ५ हजारभन्दा बढी साइकल वितरण नगरी गोदाममा रहस्यमय ढंगले राखिएका पाइएको हो। 


    images
    images

    प्रदेश सरकारको प्रशासनिक भवनहरू अवस्थित साबिकको जनकपुर चुरोट कारखाना लिमिटेडको पछाडिपट्टिको गोदाम तिनै साइकलले भरिभराउ छ। घाँस र झारपातले बाहिरबाट छेकिएको गोदाम ताल्चा लगाएर राखिएको छ। त्यहाँ भित्रको अवस्थाबारे बुझ्न जाँदा सुरक्षागार्डले आफूसँग साँचो नरहेको भनी कुरा टार्ने गरेका छन्।

    अन्नपूर्णकर्मी मंगलबार गोदामको चारैतिर नियाल्दै जाँदा एउटा सटरमा ताल्चा नलागेको भेटिएपछि बल्लतल्ल भित्र जाँदा कबाड बन्दै गएका करोडौंका साइकलको दुर्दशा देखिएको हो । यसबारेको विस्तृत खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार