शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

मोदी-प्रचण्डको भेटवार्ता आज, संयुक्त पत्रकार सम्मेलन हुने

मोदी-प्रचण्डको भेटवार्ता आज, संयुक्त पत्रकार सम्मेलन हुने

साझा पोष्ट
बिहीबार , जेठ १८ २०८०
  • images
    मोदी-प्रचण्डको भेटवार्ता आज, संयुक्त पत्रकार सम्मेलन हुने
    images

    काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । भ्रमण–तालिकाअनुसार आज बिहान ११ः०५ बजेदेखि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुनेछ। प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गरे लगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ । 


    images
    images

    लगत्तै सम्झौता पत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ ।  

    त्यसअघि प्रधानमन्त्री प्रचण्ड आज बिहान साढे दश बजे महात्मा गान्धीको समाधि स्थल राजघाट जाने  कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जहाँ उनले महात्मा गान्धीप्रति पुश्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । 

    प्रधानमन्त्रीले बिहीबार नै भारतका उपराष्ट्रपति जगदीप धनखड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको छ । 

    प्रचण्डले साँझ होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्नेछन् । हिजो प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटवार्ता गरेका थिए । उनीसँगको भेटवार्तामा विदेश सचिव विनयमोहन क्वात्रा पनि सँगसँगै थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार