शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

हेटौंडामा दुई छोरासहित विष सेवन गरी महिलाद्वारा आत्महत्या प्रयास, एक नाबालकको मृत्यु

हेटौंडामा दुई छोरासहित विष सेवन गरी महिलाद्वारा आत्महत्या प्रयास, एक नाबालकको मृत्यु

गम्भीर रहेका नाबालक छोरा जेनिसको बिहीबार बिहान ७ः५० मा उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । आमा र अर्का छोरा अस्किनको गम्भिर अवस्थामा आईसीयू कक्षमा उपचार भइरहेको छ ।

साझा पोष्ट
बिहीबार , जेठ १८ २०८०
  • images
    हेटौंडामा दुई छोरासहित विष सेवन गरी महिलाद्वारा आत्महत्या प्रयास, एक नाबालकको मृत्यु
    images

    हेटौंडा । हेटौंडामा एक महिलाले दुई छोरासहित विष सेवन गरेर आत्महत्या प्रयास गरेकी छन् । विषका कारण एक नाबालकको ज्यान गएको छ भने महिला र एक नाबालक छाराको अवस्था गम्भिर छ ।


    images
    images

    हेटौंडा उपमहानगरपालिका-१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले बुधबार साँझ करिब ६ बजे ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ ।

    विष सेवन गरेकी उनीसहित बालकहरूलाई उपचारका लागि बुधबार नै हेटौडा अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट उनीहरूलाई राति साढे ८ बजे चितवनको भरतपुर रिफर गरिएको थियो ।

    गम्भीर रहेका नाबालक छोरा जेनिसको बिहीबार बिहान ७ः५० मा उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।

    आमा र अर्का छोरा अस्किनको गम्भिर अवस्थामा आईसीयू कक्षमा उपचार भइरहेको छ ।
    घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार