मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

नेपालले दक्षिण अफ्रिकामा स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने

नेपालले दक्षिण अफ्रिकामा स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने

साझा पोष्ट
बिहीबार , जेठ १८ २०८०
  • images
    नेपालले दक्षिण अफ्रिकामा स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने
    images

    काठमाडौं । विश्वकप छनोटको अन्तिम तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्यहाँ स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग दुई अभ्यास खेल खेल्ने भएको छ ।


    images
    images

    नेपालले दक्षिण अफ्रिकामा एक साता प्रशिक्षण गर्ने र दुई अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ क्यानले  जानकारी दिएको छ । 

    नेपाली टोली बुधबार दक्षिण अफ्रिका पुगेको छ । टोलीले बिहीबार आज देखि  एक हप्ता  त्यहाँ प्रशिक्षण गर्नेछ । यस्तै नेपालले स्कटल्याण्डसँग जुन ८ र नेदरल्याण्ड्ससँग जुन १० मा अभ्यास खेल खेल्नेछ । दुवै खेल ५० ओभरको भएपनि ओडीआई मान्यता भने हुने छैन ।

    दक्षिण अफ्रिकामा तयारीपछि नेपाली टोली उतैबाट जिम्बाब्वे जानेछ । विश्वकप छनोट जुन १८ देखि जुलाई ९ सम्म हुनेछ । जसमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले विश्वकप छनोटअघि जिम्बाब्वेमा पनि दुई अभ्यास म्याच खेल्नेछ । नेपालले जुन १३ मा यूएई र जुन १५ मा ओमानसँग अभ्यास खेल खेल्नेछ ।

    विश्वकप छनोटमा समूह ए मा रहेको नेपालले जुन १८ मै पहिलो खेल घरेलु टोली जिम्बाब्वेसँग खेल्नेछ । नेपालको समूहमा वेष्ट इन्डिज, नेदरल्याण्ड्स र अमेरिका छन् । नेपालले जुन २० मा अमेरिका, जुन २२ मा वेष्ट इन्डिज तथा जुन २४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

    समूह बी मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, यूएई र ओमान छन् । दुवै समूहको शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । त्यहाँबाट फाइनल पुग्ने शीर्ष दुई टोलीले अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाउनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार