शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

नयाँ हवाई रूटबारे भारतसँग सम्झौता भएन, मोदीले चासो दिएनन्

नयाँ हवाई रूटबारे भारतसँग सम्झौता भएन, मोदीले चासो दिएनन्

साझा पोष्ट
बिहीबार , जेठ १८ २०८०
  • images
    नयाँ हवाई रूटबारे भारतसँग सम्झौता भएन, मोदीले चासो दिएनन्
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको  भारत भ्रमणका क्रममा बुहप्रतिक्षित हवाई रुट विस्तारबारे सहमति हुन सकेन् । 


    images
    images

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री दाहालबीच हवाई मार्गको विषयमा छलफल भए पनि सम्झौता हुन नसकेको हो। नेपालले महेन्द्रनगरबाट हवाई रुट मागेको थियो । तर यसमा ठोस सहमति भएन । 

    नेपालमा बनेका २ नयाँ विमानस्थलमा नियमित उडानका लागि नयाँ हवाई प्रवेश बिन्दु अनिवार्य भएको छ। नेपालले सन् २०१० यता बारम्बार थप हवाई प्रवेशबिन्दु माग गरेपनि भारतले विभिन्न कारण देखाउँदै पछि हट्दै आएको छ। 

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य राख्ने क्रममा यी विषयमा भारत सकारात्मक रहेको बताए । तर ठोस सहमति भएको चाहिँ सार्वजनिक भएन ।

     'नेपालले थप एयर रुटका लागि पनि आग्रह गरेको थियो । एटीआर विमानका लागि द्वीपक्षीय फ्लाइटका लागि भारतले दिएको सकारात्मक संकेतलाई नेपालले स्वागत गरेको छ' प्रधानमन्त्री दाहालले पत्रकार सम्मेलनमा भने ।

    प्रधानमन्त्रीले भैरहवालगायतका विमानस्थलबाट भारतका नजिकका सहरमा जाने एटीआर उडानका लागि भारत सरकार सकारात्मक भएको बताए ।तर यो विषय सहमतिका रूपमा भने आएन । सरकारसँग भएको सात वटा सम्झौतामा भने यो विषय छैन ।

    छलफलपछि दुई देशका प्रधानमन्त्रीले गरेको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन्। मोदीले क्रसबोर्डर रेल, पुलको विषय भने आफ्नो सम्बोधनमा उल्लेख गरे, तर हवाई रुटबारे बोल्न चाहेनन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार