शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

'सांसद विकास कोष' खारेजीको माग गर्दै रास्वपाको संकल्प प्रस्ताव दर्ता

'सांसद विकास कोष' खारेजीको माग गर्दै रास्वपाको संकल्प प्रस्ताव दर्ता

साझा पोष्ट
बिहीबार , जेठ १८ २०८०
  • images
    'सांसद विकास कोष' खारेजीको माग गर्दै रास्वपाको संकल्प प्रस्ताव दर्ता
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद विकास कोष  भन्दै खारेजीका लागि संकल्प प्रस्ताव दर्ता गराएको छ ।


    images
    images

    कोषका लागि बजेट विनियोजन गर्दा राष्ट्रिय ढुकुटी दोहन हुने भन्दै स्वतन्त्र पार्टीले प्रस्ताव दर्ता गराएको हो । रास्वपाका सांसद डोलप्रसाद अर्यालको नेतृत्वमा बिहीबार संकल्प प्रस्ताव दर्ता गरिएको छ । 
    अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ मा बजेट भाषण गर्दै प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँका दरले ८ अर्ब २५ करोड रकम विनियोजन गरिएको बताएका थिए ।

    तर रास्वपाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई रकम छुट्याएर बजेटको विश्वसनीयतामाथि नै प्रश्न उठेको रास्वपाको टिप्पणी छ । 

    रास्वपाले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिइरहेको समयमा सरकारले संसदीय क्षेत्र विकास पूर्वाधार कार्यक्रमलाई बजेटमा समावेश गर्दा मुलुकलाई आर्थिक बोझ थपिँदा विकेन्द्रीकरणको औचित्यमा नै प्रश्न  उठ्ने तर्क गरेकाे छ ।  रास्वपाले संसद्बाट संकल्प प्रस्तामा 'संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि अर्थ मन्त्रालयबाट तत्काल बजेट विनियोजनको कार्य तत्काल रोकी उक्त बजेट अन्य आवश्यक विकास निर्माणका कार्यका लागि परिचालन गरियोस्' भन्ने निर्देशनकाे माग गरिएको छ ।

    'अर्थतन्त्र धराशायी भएको अवस्थामा यस्ता विवादित र स्रोतको उचित उपयोग हुन नसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटीको दोहन मात्र हुने,' संकल्प प्रस्तावमा भनिएको छ, 'मुलुक विकेन्द्रीकरणको अभ्यासमा गइसकेको अवस्थामा यस्ता स्थानीय विकास केन्द्रित कार्यक्रम ल्याउनुले स्थानीय सरकारको कार्य सम्पादनमा आशंका सिर्जना गरेको देखिने ।'

    rsp-a-sankalpa1685622193.jpg

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार