बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका ३ पदाधिकारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका ३ पदाधिकारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

साझा पोष्ट
बिहीबार , जेठ १८ २०८०
  • images
    चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका  ३ पदाधिकारी भ्रष्टाचार मुद्दामा दोषी ठहर
    images

    काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार सम्बन्धी मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन जना पदाधिकारीलाई दोषी ठहर गरेको छ ।


    images
    images

    विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालीन सदस्य सचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।

    सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो ।

    उनीहरुको सजाय भने निर्धारण भएको छैन ।आगामी २५ गते सजाय निर्धारणका लागि पेशी तोकिएको छ । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था भएकाले २५ गतेका लागि छुट्टै पेशी तोकिएको हो । 

    विशेष अदालतले सहसचिव शर्मालाई गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा भने सफाइ दिएको छ । शर्माविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोग पुष्टि नभएको अदालतको ठहर छ । 

    २०७१ सालमा तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले कर फस्यौंट आयोग गठन गरेका थिए । कर फस्यौंट आयोगका पदाधिकारीहरुले ३० अर्ब ५२ करोड रुपैंया कर विवाद फस्यौंट गरी ९ अर्ब ५४ करोड रुपैंया मात्रै असुल गर्ने निर्णय गरेका हुन् ।

    आयोगको उक्त विवादास्पद निर्णयका कारण राज्यकोषमा करिव २१ अर्ब रुपैंया नोक्सान भएको थियो । कर फस्यौंट आयोगले आर्थिक वर्ष २०६९र७० सम्मको कर विवाद फस्यौंट गर्ने कार्यादेश पाएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार