शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

एमाले सचिवालय बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमणबारे पनि समिक्षा हुने

एमाले सचिवालय बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमणबारे पनि समिक्षा हुने

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बिहान बस्दैछ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा बिहान साढे ११ बजेबाट बैठक सुरु हुनेछ ।सो बैठकमार्फत वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइने तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी छ ।

साझा पोष्ट
शुक्रबार, जेठ १९ २०८०
  • images
    एमाले सचिवालय बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमणबारे पनि समिक्षा हुने
    images

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बिहान बस्दैछ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा बिहान साढे ११ बजेबाट बैठक सुरु हुनेछ ।


    images
    images

    सो बैठकमार्फत वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइने तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी छ ।गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो ।

    यस्तै बैठकको सूचीमा नभएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका विषयमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र भएका सम्झौताहरु प्रारम्भिक समिक्षा हुने एक नेताले बताए । 
    एमालेको सचिवालयमा पदाधिकारीसहित १९ जना सदस्य रहेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार