बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

मेस्सीले पीएसजी छाड्ने पक्का

मेस्सीले पीएसजी छाड्ने पक्का

साझा पोष्ट
शुक्रबार, जेठ १९ २०८०
  • images
    मेस्सीले पीएसजी छाड्ने पक्का
    images

    काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले क्लब छाड्ने पक्का भएको छ ।


    images
    images

    फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले टोलीका अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने पुष्टि गरेका छन् ।

    मेस्सीले पिएसजीका लागि आफ्नो अन्तिम खेल शनिबार क्लेरर्मन्टसँग खेल्ने प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले बताएका छन् । ३५ वर्षीय अर्जेन्टिनी मेस्सीको पिएसजीमा सम्झौता यो सिजनको अन्त्यसम्म मात्रै छ ।

    प्रशिक्षक गाल्टियरले मेस्सीले पीएसजीका लागि शनिबार क्लेर्मन्टसँग अन्तिम खेल खेल्ने बताए ।विश्वकप विजेता मेस्सीको पीएसजीसँगको सम्झौता यसै समरमा सकिँदैछ।

    अर्जेन्टिनाका कप्तान मेस्सीले २०२१ मा पीएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए ।मेस्सी पछिल्लो समय बार्सिलोना फर्कने चर्चा छ ।मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७४ खेलमा ३२ गोल गरेका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार