मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सीईओमा सैंजु नियुक्त

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सीईओमा सैंजु नियुक्त

साझा पोष्ट
शुक्रबार, जेठ १९ २०८०
  • images
    सिटी एक्सप्रेस मनी ट्रान्सफरको सीईओमा सैंजु नियुक्त
    images

    काठमाडौं ।  सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा निरज मान सैंजु नियुक्त भएका छन्।


    images
    images

    कम्पनीमा अनुभवी कार्यकारी अधिकृत निरज मान सैंजुको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको सिटी एक्सप्रेसले जनाएको छ । ४२ वर्षीय सैंजुको बैंकिङ क्षेत्रमा २० वर्ष भन्दा बढी अनुभव साथै धेरै वाणिज्य बैंकहरूको फिल्ड् ट्रेजरी विभागमा १५ वर्ष भन्दा बढीको कार्य अनुभव छ । 
    क्यानडा स्थित सेक्युरिटी इन्स्टिच्युटबाट सुरक्षा कोर्ष गरेका सैंजुसँग सुरक्षा र लगानीको क्षेत्रमा उल्लेखनीय ज्ञान छ ।नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सैंजुले आफुले कम्पनीको दिगो आर्थिक बृद्धिको लागि नेटवर्कको विश्वव्यापी पहुँच विस्तार गरी नेपालको सबैभन्दा ग्राहक केन्द्रित कम्पनी बनाउने बताएका छन् । 

    सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार