शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

भारतीय दूतावास अगाडि राप्रपाका युवा-विद्यार्थीको विरोध प्रदर्शन

भारतीय दूतावास अगाडि राप्रपाका युवा-विद्यार्थीको विरोध प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रर्दशन गरेको छ।भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्शा राखिएको भन्दै विरोधमा सो संगठनले शुक्रबार विरोध प्रर्दशन गरेको हो।नेपाली भूमि समेटिएको नक्शा भारतको संसद भवनमा राखेपछि त्यसको विरोधमा उत्रनु परेको संगठनका नेता सुदीप फुयाँलले जानकारी दिए। उनले भारतले आफ्नो नक्शाबाट नेपाली भूमि नहटाएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी समेत दिए।

साझा पोष्ट
शुक्रबार, जेठ १९ २०८०
  • images
    भारतीय दूतावास अगाडि राप्रपाका युवा-विद्यार्थीको विरोध प्रदर्शन
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रर्दशन गरेको छ।


    images
    images

    भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्शा राखिएको भन्दै विरोधमा सो संगठनले शुक्रबार विरोध प्रर्दशन गरेको हो।नेपाली भूमि समेटिएको नक्शा भारतको संसद भवनमा राखेपछि त्यसको विरोधमा उत्रनु परेको संगठनका नेता सुदीप फुयाँलले जानकारी दिए। उनले भारतले आफ्नो नक्शाबाट नेपाली भूमि नहटाएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी समेत दिए।

    विरोध प्रर्दशनमा उत्रिएकाहरुले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै भारतविरुद्ध चर्का नारा लगाएका थिए। उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग नेपाली भूमि फिर्ता लिने विषयमा कुरा समेत नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।विरोध प्रर्दशनीमा ‘भारतीय विस्तारवाद–मुर्दावाद’,  ‘भारतीय सेना–लिपुलेक छोड’, ‘गो ब्याक–इन्डिया’, ‘कालापानी–लिपुलेक–लिम्पियाधुरा–हाम्रो हो’ लेखिएका प्लेकार्डहरु पनि प्रर्दशन गरिएको थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार