मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

प्रधानमन्त्रीले १०८ केजी रुद्राक्ष चढाएर गरे बाबा महाकालको दर्शन

प्रधानमन्त्रीले १०८ केजी रुद्राक्ष चढाएर गरे बाबा महाकालको दर्शन

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  मध्यप्रदेशको उज्जैन पुगेर  महाकाल मन्दिरको दर्शन गरेका छन् । उनले महाकाल मन्दिरमा आठवटा लगेजमा लगिएको १०८ केजी रूद्राक्षले पनि विशेष पूजा गरेका छन्। 

साझा पोष्ट
शुक्रबार, जेठ १९ २०८०
  • images
    प्रधानमन्त्रीले १०८ केजी रुद्राक्ष चढाएर गरे बाबा महाकालको दर्शन
    images

    काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  मध्यप्रदेशको उज्जैन पुगेर  महाकाल मन्दिरको दर्शन गरेका छन् । उनले महाकाल मन्दिरमा आठवटा लगेजमा लगिएको १०८ केजी रूद्राक्षले पनि विशेष पूजा गरेका छन्। 


    images
    images

    नेपालमै उत्पादित काठमाडौंबाट लगिएको विशेष प्रकारको १०८ केजी रूद्राक्षले  मन्दिरमा पूजा गर्ने तालिका थियो। त्यसक्रममा उनलाई मन्दिरका पुजारीहरुले स्वागत पनि गरे । १२ ज्योतिर्लिङ्गमध्ये एक  महाकालेश्वर मन्दिरमा पूजाअर्चनाअघि उनलाई सांस्कृतिका कार्यक्रमसहित स्वागत गरिएको थियो। 

    prachanda_puja21685698043.jpg

    नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्था हेरफेर गरेर ६ घन्टासम्म सर्वसाधारणलाई पूजामा रोक लगाइएको थियो। शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनलाई प्रवेश निषेध गरिएको हो।  

    महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्डले पूजा गर्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेल पनि स्वागतमा पुगेका थिए। मध्य प्रदेशका मु्ख्यमन्त्री शिवराज सिंह चौहानले प्रचण्डलाई उज्जैनमा बाबा महाकालको दर्शन गरेर नेपाली जनताको कल्याण र विकासका लागि आशीर्वाद लिन भनेका थिए। उनले प्रधानमन्त्री प्रचण्डलाई देवी अहिल्याको पवित्र नगर र भारतको सबैभन्दा स्वच्छ शहर इन्दौरमा हृदयबाटै स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्। 

    prachanda_puja11685698077.jpg

    मुख्यमन्त्री चौहानले बाबा महाकालको दर्शन गरेर नेपालका जनताको कल्याण र विकासको आशीर्वाद लिन पनि प्रचण्डलाई भनेका छन्। ‘म बाबा पशुपतिनाथसँग प्रार्थना गर्छु, दुवै राष्ट्र सदैव विकास, कल्याण र आपसी सद्भावको पथमा निरन्तर प्रगति गरुन्।’चौहानले नेपाल र भारतको सभ्यता र संस्कृति पनि एकै रहेको बताएका छन्। 

    ‘नेपाल र भारत प्राचीन राष्ट्र हुन्। हाम्रो समृद्ध इतिहास रहिआएको छ’, उनले भनेका छन्, ‘कयौँ पटक लाग्छ कि शरीर दुई छन् तर हाम्रो संस्कृति, सभ्यता र संस्कार एकै छ।’उनले बाबा पशुपतिनाथको नगरी काठमाडौंदेखि बाबा महाकालको नगरी उज्जैनसम्म साझा विरासत रहेको पनि बताएका छन्। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार