मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

एमालेले ताेक्याे उपाध्यक्ष र सचिवहरुकाे जिम्मेवारी, कसको के ? 

एमालेले ताेक्याे उपाध्यक्ष र सचिवहरुकाे जिम्मेवारी, कसको के ? 

साझा पोष्ट
शुक्रबार, जेठ १९ २०८०
  • images
    एमालेले ताेक्याे उपाध्यक्ष र सचिवहरुकाे जिम्मेवारी, कसको के ? 
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्षलाई ३२ वटा विभाग संयोजनको जिम्मेवारी दिएको छ।


    images
    images

     पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले सबै उपाध्यक्षलाई विभाग संयोजन जिम्मेवारी दिएको हो।उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार   वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई योजना तथा नीति विभागमा संयोजनका जिम्मेवारी दिइएको छ।

    त्यसैगरी पूर्वाधार विगभामा सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम विभागमा रामबहादुर थापा ुबादलु, सामाजिक विकास विभाग अष्टलक्ष्मी शाक्य, मानव स्रोत विभागमा युवराज ज्ञवाली, सुशासन विभागमा सुवास नेम्वाङ र संगठन तथा प्रशिक्षण विभागमा विष्णु पौडेल संयोजकको जिम्मेवारी पाएका छन्। 

    त्यसैगरी  एमालेको सचिवालय बैठकले सबै सचिवहरुलाई प्रदेश इन्चार्ज तोकेको छ । जसअनुसार एमालेले कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा बाँकी, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्यालले इन्चार्जको जिम्मेवारी पाएका छन्। 

    एमालेले कर्णाली प्रदेशका लेखराज भट्टलाई प्रदेश इन्चार्ज तोकेको छ। त्यसैगरी सुदूरपश्चिम प्रदेश इन्चार्जमा सचिव छविलाल विश्वकर्मालाई जिम्मेवारी दिइएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार