शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

नेपालमा हिन्दु धर्म मान्नेको संख्या ८१ प्रतिशत भन्दा माथि, क्रिश्चियन २ प्रतिशत भन्दा कम

नेपालमा हिन्दु धर्म मान्नेको संख्या ८१ प्रतिशत भन्दा माथि, क्रिश्चियन २ प्रतिशत भन्दा कम

साझा पोष्ट
शुक्रबार, जेठ १९ २०८०
  • images
    नेपालमा हिन्दु धर्म मान्नेको संख्या ८१ प्रतिशत भन्दा माथि, क्रिश्चियन २ प्रतिशत भन्दा कम
    images

     काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको पाइएको छ । १२ औं राष्ट्रिय जनगणनाले ८१ प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी भएको देखाएको हो ।  राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको छ ।


    images
    images

    राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी शुक्रबार सार्वजनिक भएको तथ्यांक अनुसार नेपालमा १० वटा धर्म मान्नेको बसोबास छ ।

     नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१.१९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् ।

    यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् ।

    ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार