शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

काभा पुरुष भलिबलका लागि नेपाली टोली घोषणा

काभा पुरुष भलिबलका लागि नेपाली टोली घोषणा

साझा पोष्ट
शुक्रबार, जेठ १९ २०८०
  • images
    काभा पुरुष भलिबलका लागि नेपाली टोली घोषणा
    images

    काठमाडौं । किर्गिस्तानको विस्केकमा जुन तेस्रो सातादेखि आयोजना हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।


    images
    images

    नेपाल भलिबल संघले प्रशिक्षणमा रहेका १८ सदस्यीय टोलीबाट ६ खेलाडी हटाएरशुक्रबार  १२ सदस्यीय टोली घोषणा गरेको छ।प्रशिक्षक जगदिश प्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादवसँगै लोेकेश बुढा रहेको प्रशिक्षण टोलीले अन्तिम टोली घोषणा गरेको हो ।

    टोलीको ओपन स्पाइकरमा मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, राजेन्द्र विष्ट र रोविन चन्द छन् । अपोजिट हिटरमा धन बहादुर भट्ट क्षेत्री र हेमन्त बहादुर मल्ल छन् ।मिडल ब्लकरमा दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी र सफल विकले स्थान बनाएका छन् ।  सेटरमा हरि हजुर थापा र लोकेन्द्र राज गिरी  तथा लिवेरोमा भीम बहादुर गाहा छनौट भएका छन् । 

    सेटर लोकेन्द्र र हिटर रोविन चन्दले लामो समयपछि टोलीमा पूनरागमन गर्दा सफल विक, हेमन्त बहादुर मल्ल र लिवेरो भीम बहादुर गाहाले पहिलो पटक टोलीमा स्थान बनाउन सफल भए ।

    नेपाली पुरुष भलिबल टोलीले यसवर्ष १९औं एसियाली खेलकुदसँगै काभा पुरुष भलिबल नेसन्स लिग खेल्ने छ । एसियन गेम्स चीनमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुँदैछ ।

    काभा पुरुष भलिबल नेसन्स लिग किर्गिस्तानको विस्केकमा १८ देखि २५ जुनसम्म हुँदैछ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० पुरुष भलिबल नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहनेछ । काभामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्केमिनिस्तान छन् ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार