आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

भारतमा आतंकवादको खतरा रहेको क्यानडाको ठहर, जारी गर्‍यो ट्राभल एडभाइजरी

भारतमा आतंकवादको खतरा रहेको क्यानडाको ठहर, जारी गर्‍यो ट्राभल एडभाइजरी

साझा पोष्ट
बुधबार, असोज ३ २०८०
  • images
    भारतमा आतंकवादको खतरा रहेको क्यानडाको ठहर, जारी गर्‍यो ट्राभल एडभाइजरी
    images

    काठमाडौं । आतंकवादको खतरा रहेको भन्दै क्यानडाले भारत भ्रमण गर्दा अत्यधिक सावधानी अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

    images
    images

    भारतसँग तनाव बढिरहेका बेला ट्राभल एडभाइजरी जारी गर्दै क्यानडाले अप्रत्याशित सुरक्षा स्थितिका कारण भ्रमणमा सावधानी अपनाउन भनेको हो ।

    images
    images

     ‘जम्मु कश्मिरमा आतंकवाद, उग्रवाद, अशान्ति र अपहरणको खतरा छ ।’ मंगलबार जारी ट्राभल एडभाइजरीमा लेखिएको छ । भारतका गुजरात, पन्जाब, राजस्थान र पाकिस्तानसँग सिमाना जोडिएका क्षेत्रमा नजान पनि क्यानडाले आफ्ना नागरिकहरुलाई भनेको छ ।

    गत सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय एजेन्टले गत जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको अभिव्यक्ति दिएपछि दुई देशबीच तनाव बढेको छ । दुवै देशले एक अर्काका एक एक जना कुटनीतिज्ञलाई देश निकाला गरेका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार