आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

इजरायल-हमास युद्धको भयावह अवस्थाः शव चिन्न लेखिदैँछ बालबालिकाका  हात खुट्टामा नाम

इजरायल-हमास युद्धको भयावह अवस्थाः शव चिन्न लेखिदैँछ बालबालिकाका  हात खुट्टामा नाम

साझा पोष्ट
बिहीबार , कात्तिक ९ २०८०
  • images
    इजरायल-हमास युद्धको भयावह अवस्थाः शव चिन्न लेखिदैँछ बालबालिकाका  हात खुट्टामा नाम
    images

    काठमाडौं । इजरायल र प्यालेस्टिनी  विद्रोही  समूह हमासबीच १८ दिनदेखि जारी लडाइँमा परी ज्यान गुमाउनेको संख्या ६ हजार ५०० नाघेको छ । युद्धले यस्तो भयावह अवस्था सिर्जना भएको छ, कि खाना र पानी विना ज्यान गुमाउने अनि आक्रमणमा परेर मारिनेहरुको शव चिन्नै मुश्किल भएको छ । 

    images
    images

    बीबीसीका अनुसार युद्धका कारण स्थिति निकै दर्दनाक अवस्थामा पुगेको छ । खासगरी गाजा क्षेत्रको अवस्था यति धेरै निराशाजनक छ कि आमा–बाबुहरुले आफ्ना बालबच्चाको हात र खुट्टामा नाम लेखिदिन थालेका छन् ताकि आक्रमणमा परी मृत्यु भएमा आफ्ना छोरा–छोरीको शव चिन्न सकियोस् ।

    images
    images

    बीबीसीले खान युनिसमा शरण लिएर बसिरहेको एक परिवारले आफ्नो बच्चालाई बैजनी र कालो रंगको ब्रासलेट लगाइदिएको फोटोसहितको समाचार प्रकाशित गरेको छ ।  समाचार अनुसार उक्त ब्रासलेटमा बच्चाको नाम लेखिएको छ । 

    गत हप्ता सामाजिक सन्जालहरुमा आमा–बाबुले आफ्ना बालबच्चाको हात–खुट्टामा नाम लेखिरहेको भिडियो सार्वजनिक भएको थियो । यसका साथै उक्त फोटोमा अस्पतालको शवगृहमा बच्चाहरुको शव लहरैसँग राखिएको थियो । ती मृतक बच्चाहरुको ट्राउजर माथि सार्दै अभिभावकले आफ्नो बच्चाको नाम हेरिरहेका थिए ।

    हमासले इजरायलमा ७ अक्टुबरमा एक्कासी आक्रमण गरेपछि इजरायलले युद्ध घोषणा गर्दै जवाफी कारबाही सुरु गरेको थियो । हमासको आक्रमणमा परी १० नेपालीसहित १ हजार ४०० जनाको मृत्यु भएको पुष्टि भएको छ भने इजरायलले गरेको जवाफी कारबाहीमा सर्वसाधारणसहित ६ हजार ५०० भन्दा धेरै मारिएको हमासले जनाएको छ ।

    हमासलाई लक्षित गरी आक्रमण गरेको भनिए पनि यसबाट ठूलो संख्यामा बालबालिकाहरुसहित सर्वसाधारण नागरिकहरु मारिएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । हमासका अनुसार इजरायलको हवाई हमलामा परी २ हजार ७०० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको छ ।

    गत २४ घण्टामा ७५६ जनाको मृत्यु भएको छ भने त्यसमा ३४४ जना बालबालिकाहरु रहेकाे हमासकाे दाबी छ । बीबीसीका अनुसार यो संख्या एकैदिनमा मृत्यु भएको हालसम्मकै धेरै हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार