आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयाघातका कारण निधन

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयाघातका कारण निधन

साझा पोष्ट
शुक्रबार, कात्तिक १० २०८०
  • images
    चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयाघातका कारण निधन
    images

    चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ।  शुक्रबार बिहान सांघाईमा हृदयाघातको कारण उनको निधन भएको चिनियाँ सञ्चार माध्यमले नजाएका छन्। लीलाई बिहीबार अचानक हृदयाघात भएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा स्थानीय समय अनुसार गए राति १२ः१० उनको मृत्यु भएको हो।  ६८ वर्षीय ली चिनियाँ कम्युनिस्ट पार्टीको १७ औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यसमेत थिए। सन् २०१२ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ महाधिवेशनबाट महासचिव चयन भएसँगै सी चिनफिङ बेइजिङको मुख्य नेतृत्वमा उदाएका थिए।  सीले आफु राष्ट्रपति भएसँगै लीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिए। सी दुई कार्यकाल राष्ट्रपति रहँदा ली पनि दुई कार्यकाल नै प्रधानमन्त्री रहे।  पार्टीको शक्तिशाली स्थायी समितिमा सीपछि ली दोस्रो वरियताको नेता बनेका थिए ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार