आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

इजरायल-हमास युद्धमा ३१ जना पत्रकार मारिए 

इजरायल-हमास युद्धमा ३१ जना पत्रकार मारिए 

साझा पोष्ट
मंगलबार, कात्तिक १४ २०८०
  • images
    इजरायल-हमास युद्धमा ३१ जना पत्रकार मारिए 
    images

    काठमाडौं । अक्टोबर ७ तारिखदेखि चलिरहेको इजरायल–हमास युद्धमा परी  अहिलेसम्म ३१  जना पत्रकारको ज्यान गएको छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) ले दिएको जानकारी अनुसार २६ प्यालेस्टिनी, चार इजरायली र एक लेबनानी पत्रकारको मृत्यु भएको  बीबीसीले जनाएको छ। 

    images
    images

    सीपीजेले भनेको छ, 'खासगरी गाजामा पत्रकारहरुले असाधारण खतराको सामना गर्नु परिरहेको छ। उनीहरुलाई इजरायलको हवाई र स्थल हमलाबाट बँच्न निकै कठिन छ।'

    images
    images

    मृत्यु हुनेमा प्यालेस्टिनी फिल्म निर्माता रोस्दी सराज र रोयटर्सका भिडियोग्राफर इसम अब्दल्लाह पनि छन्।समाचार एजेन्सी रोयटर्सले लेबनान सीमामा इजरायलबाट गोली चलाउँदा पत्रकारको मृत्यु भएको दाबी गरेको छ। इजरायली सेनाले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ।

    यसैबीच इजरायल प्रतिरक्षा फौज (आईडीएफ) ले रोयटर्स र एफपी समाचार एजेन्सीहरूलाई गाजामा काम गर्ने पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने जानकारी गराएको छ। 

     इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामको सम्भावनालाई इन्कार युद्धलाई निरन्तरता दिने घोषणा गरिसकेकोले क्षति बढ्ने देखिन्छ । 

    सात अक्टोबरमा भएको हमास हमलामा १४ सयको ज्यान गएको थियो। यसमा १० नेपाली पनि समावेश छन्। त्यसपछिको इजरायलले गाजामा जवाफी हमला सुरु गर्‍यो जसमा ८ हजारभन्दा बढीको ज्यान गइसकेको छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार