आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

 बेरुतलाई पनि गाजा जस्तै बनाइदिने इजरायलको धम्की

 बेरुतलाई पनि गाजा जस्तै बनाइदिने इजरायलको धम्की

साझा पोष्ट
आइतबार, कात्तिक २६ २०८०
  • images
     बेरुतलाई पनि गाजा जस्तै बनाइदिने इजरायलको धम्की
    images

    काठमाडौं । इजरायलले लेबनानको राजधानी बेरुतलाई पनि गाजा जस्तै बनाइदिने धम्की दिएको छ ।

    images
    images

    लेबनानका इरान समर्थित  समूह हिजबुल्लाहका नेता हसन नसरलल्लाहले इजरायलविरोधी अभिव्यक्ति दिएपछि इजरायलका रक्षामन्त्री योआब गेलेन्टले यस्तो धम्की दिएको अन्तर्राष्टिय सञ्चार माध्यमले जनाएका छन् । उनले बेरुतको पनि गाजाको जस्तै हालत बनाइदिने धम्की दिएका हुन् ।

    images
    images

     ‘हिजबुल्लाह गम्भीर गल्तीको नजिक पुगेको छ । यसको परिणाम लेबनानका नागरिकले भोग्ने छन् ।' रक्षामन्त्री गेलेन्टले भनेका छन्, हामीले अहिले गाजामा जे गरिरहेका छौं, त्यस्तो बेरुतमा कसरी गर्ने भन्ने कुरा हामीलाई थाहा छ । बेरुतको पनि त्यसै हालत हुनेछ, जो गाजाको छ ।’

    प्यालेस्टाइन चरमपन्थी समूह हमासले गत असोज २० गते इजरायलमा एक्कासी आक्रमण गर्दा १० नेपालीसहित १ हजार ४०० जनाको मृत्यु भएको थियो । लगत्तै इजरायलले युद्ध घोषणा गर्दै हवाई र स्थल कारबाही सुरु गरेपछि आक्रमणबाट गाजा क्षेत्र तहसनहस भएको छ ।

    इजरायलको आक्रमणबाट बालबालिकाहरुसहित १० हजार जतिको मृत्यु भएको अनुमान छ ।इजरायल विरोधी देश र समूहहरुले इजरायललाई आक्रमण रोक्न दबाब दिँदै आएका छन् । आक्रमणको विरोध गर्दै हिजबुल्लाहले लेबनानतर्फबाट इजरायलमा आक्रमण जारी राखेको छ ।

    Hezbollah-leader-Hassan-Nasrallah_lebno.jpeg

    लेबनानका इरान समर्थित चरमपन्थी समूह हिजबुल्लाहका नेता हसन नसरल्लाहले इजरायलले युद्ध अपराध गरेको अभिव्यक्ति शनिबार दिएका थिए ।हिजबुल्लाहको टेलिभिजनबाट सार्वजनिक भाषणमा उनले इजरायलमाथि दक्षिणी लेबनानतर्फबाट आक्रमण जारी राख्ने बताएका छन् । ‘यो आक्रमण गाजामा चलिरहेको इजरायल(हमास युद्धमा प्यालेस्टिनी जनताको समर्थनका लागि हो,’ उनले भनेका छन् ।

    हिजबुल्लाहका नेताको यही भाषण सार्वजनिक भएपछि इजरायल आक्रोशित छ । इजरायलले प्यालेस्टिनी जनताको विद्रोह दबाउन खोजेको तर उसको उद्देश्य पूरा नहुने भन्दै नसरल्लाहले नयाँ पुस्ताले इजरायलको झन् बढी विरोध गर्ने बताए । उनले इजरायलविरुद्ध इस्लामिक देशहरुलाई एकजुट हुन अपिलसमेत गरेका थिए ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार