आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

गाजाका अस्पतालहरुमा आतङ्कवादी सुरुङ पत्ता लाग्यो– इजराइली सेना

गाजाका अस्पतालहरुमा आतङ्कवादी सुरुङ पत्ता लाग्यो– इजराइली सेना

साझा पोष्ट
शुक्रबार, मंसिर १ २०८०
  • images
    गाजाका अस्पतालहरुमा आतङ्कवादी सुरुङ पत्ता लाग्यो– इजराइली सेना
    images
     
    तेल अविव (इजराइल) इ जराइली प्रतिरक्षा फौज (आइडिएफ) ले गाजास्थित शिफा अस्पताल परिसरमा हमासको आतङ्कवादी सुरुङ पत्ता लागेको बताएको छ । आइडिएफका अनुसार उसले रान्तिसी अस्पतालमा अर्को आतङ्कवादी सुरुङ फेला पारेको छ । त्यस्तै अल–कुद्स अस्पतालमा ठूलो परिमाणमा हतियार र गोलाबारुद्ध फेला परेको पनि उसले जनाएको छ । 
     
    सामाजिक सञ्जाल एक्समा साझा गरिएको पोस्टमा आइडिएफले भनेको छ, “गाजाको तीन सबैभन्दा ठूला अस्पतालमा हमासको शोषणको अर्को तहको पर्दाफास भएको छ, शिफा अस्पताल परिसरभित्र एउटा हमास आतङ्वादी सुरुङ भेटियो ।” अर्को पोस्टमा उसले भनेको छ, “रान्तिसी अस्पतालभित्र आइडिएफ सैनिकहरूले अर्को एउटा आतङ्कवादी सुरु पत्ता लगाएका छन् ।”
     
     
    आइडिएफका  अनुसार सालदाग एसएफ एकाइ, सातौँ ब्रिगेड र अतिरिक्त एसएफ एकाइहरूले शिफा अस्पतालभित्र हमासको सुरुङ पूर्वाधारको 'पर्दाफास' गरेका हुन् । हमासले  गत अक्टोबर ७ मा नरसंहारका लागि तयार गरेको बुबी–ट्र्याप सवारी पनि पत्ता लागेको र त्यसमा  ठूलो मात्रामा हतियार र गोलाबारुद रहेको इजरायलको दाबी छ । 

    आइडिएफले अल–कुद्स अस्पतालभित्र हतियार र गोलाबारुदको तस्बिर एक्समा पोस्ट गर्दै भनेको छ, “अल–कुद्स अस्पतालभित्र ठूलो मात्रामा हतियार र गोलाबारुद फेला पर्यो, यी सबै पछिल्लो २४ घन्टामा भेटिएको थियो ।” -रासस\एएनआई

    images
    images
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार