आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

इजरायलसँग सम्झौताको नजिक छौं : हमास

इजरायलसँग सम्झौताको नजिक छौं : हमास

साझा पोष्ट
मंगलबार, मंसिर ५ २०८०
  • images
    इजरायलसँग सम्झौताको नजिक छौं : हमास
    images

    काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायल सम्झौताको नजित पुगेर अन्तराष्टिय संचार माध्यमहरुले जनाएका छन । हमास नेतालाई उधृत गर्दै  मिडिया रिपोर्ट सार्वजनिक भएका छन् । दुवै पक्षलाई वार्तामा ल्याउन कतारले मध्यस्थताको प्रयास गरिरहेको छ ।
    हमास नेता इस्माइल हानियेहले इजरायलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मंगलबार बताएका छन् । हानियाले रोयटर्ससँग भनेका छन्, ‘हामीले कतार मार्फत आफ्नो प्रतिक्रिया दिइसकेका छौं र हामी एक संघर्षविराम सम्झौताको निकट छौं ।’
    उनले एएफपीसँग पनि यसबारे बोलेका छन । “हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौँ,” एएफपीलाई आफ्नो कार्यालयले पठाएको एक विज्ञप्तिमा हानियेहले भनेका छन् ।

    images
    images

     इजरायलले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । तर यसअघि थ्याङ्कस गिभिङको एक कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायल र हमास सम्झौताको नजिक रहेको संकेत गरेका थिए । इजरायलले आक्रमण रोक्ने र त्यसको बदला हमासले बन्धक बनाएका केहीलाई रिहा गर्नसक्ने बाइडेनको भनाइ थियाे ।मानवीय सहायता संगठन रेडक्रस इन्टरनेशनल कमिटी (आईसीआरसी) ले यसअघि हमासको बन्धकबाट छुटेकाहरुलाई सहयोग गरेको थियो । हाल आईसीआरसीका प्रमुख हमासका नेताहरुलाई भेट्न कतारमाछन् । त्यसैले पनि इजरायल र हमासबीच छिट्टै कुनै सम्झौता हुनसक्ने सम्भावना देखिएकाे छ ।

    images
    images

    यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकु समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ ।बीबीसीका जेरुसेलम सम्वाददाताले पनि केही लामो युद्धविरामको बदलामा केही बन्धक छुटाउन डिल भइरहेको बताएका छन् ।
    समाचार एजेन्सी एएफपीले स्रोतलाई उद्धृत गर्दै पाँच दिने युद्धविरामको तयारी भइरहेको जनाएको छ । त्यसको बदलामा हमास र प्यालेस्टाइनको अर्को एक चरमपन्थी समूह इस्लामिक जिहादले बन्धक बनाएका ५० देखि १०० जनालाई रिहा गर्नसक्नेछ । रिहा हुनेमा इजरायल र अन्य देशका बन्दी हुनेछन् । तर त्यसमा सुरक्षाकर्मीहरु हुने छैनन् ।

    गत असोज २० गते हमासले इजरायलमा आक्रमण गर्दा १ हजार ४०० जनाको ज्यान गएको थियो । इजरायलले युद्ध घोषणा गर्दै हमासविरुद्ध हवाई र स्थल कारबाही सुरु गरेको थियो । इजरायलको आक्रमणबाट थुप्रै सर्वसाधारणको मृत्यु भएपछि इजरायललाई युद्ध रोक्न दबाब छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार