आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

हमासले थप १७ जना बन्धक छोड्यो, विपिन जोशी अझै परेनन् 

हमासले थप १७ जना बन्धक छोड्यो, विपिन जोशी अझै परेनन् 

साझा पोष्ट
आइतबार, मंसिर १० २०८०
  • images
    हमासले थप १७ जना बन्धक छोड्यो, विपिन जोशी अझै परेनन् 
    images

    काठमाडौं । हमासले थप १७ जना बन्धकलाई रिहा गरेको छ। जसमध्ये १३ जना इजरायली र चार जना थाई नागरिक छन्। 

    images
    images

    सट्टामा इजरायलले पनि आफ्ना जेलमा रहेका ३९ जना प्यालेस्टिनीलाई छाडेको छ। जसमध्ये ६ जना महिला छन् भने बाँकी सबै १८ वर्ष मुनिका छन्।बीबीसीका अनुसार उनीहरू वेस्ट बैंक र जेरुसेलम पुगेका छन्। यसैबीच हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विपिन जोशी पनि रिहा हुने अपेक्षा गरिएकोमा अझै प्रगति देखिएको छैन ।  

    images
    images

    यसका लागि सरकारले निरन्तर प्रयास गरिरहेको जनाएको छ। गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा इजरायलीसहित विभिन्न देशका २४० नागरिकलाई बन्धक बनाएर गाजा लगेको बताइएको छ। जसमा नेपालका विपिन जोशी पनि रहेको भनिएको छ।

    हमासको आक्रमणमा इजरायलमा १० नेपालीसहित १ हजार २ सय जना मारिएका थिए।कतारको मध्यस्थतामा स्थानीय समयानुसार शुक्रबार बिहानदेखि चार दिनका लागि हमास र इजरायलबीच युद्धविराम भएको छ।

    यस अवधिमा दुवै पक्षले एकअर्काको नियन्त्रणमा रहेका नागरिक रिहा गर्ने सहमति छ। सोबमोजिम उनीहरू रिहा भइरहेका हुन्।अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघले इजरायललाई निरन्तर दबाब दिएपछि गत शुक्रबारदेखि चार दिनका लागि युद्ध रोकिएको हो।युद्धविरामको अवधि सकिएपछि हमासविरुद्ध गाजामा आक्रमण पुनः जारी राखिने इजरायलले बताइरहेको छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार