आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

इजरायलले थाल्यो दक्षिणी गाजामा पनि हमला, खान युनिस खाली गर्न उर्दी

इजरायलले थाल्यो दक्षिणी गाजामा पनि हमला, खान युनिस खाली गर्न उर्दी

साझा पोष्ट
सोमबार, मंसिर १८ २०८०
  • images
    इजरायलले थाल्यो दक्षिणी गाजामा पनि हमला, खान युनिस खाली गर्न उर्दी
    images

    काठमाडौं । इजरायली सेनाले गाजाको दक्षिणी भागमा धेरै हमास नेताहरू लुकेको आँकलन गर्दै आक्रमण थालेको छ। 

    images
    images

    बीबीसीका अनुसार इजरायली सेनाले आइतबार गाजाको दोस्रो ठूलो सहर खान युनिस वरपरका क्षेत्रहरू खाली गर्न भनेको छ। यस क्षेत्रमा करिब २३ लाख मानिस फसेका छन् ।युद्धविरामपछि इजरायली सेनाले दक्षिणी गाजामा हवाई आक्रमण पनि सुरु गरेको छ ।इजरायल र हमासबीच जारी युद्धमा हालसम्म १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।गाजाका अधिकांश नागरिक सुरक्षाको खोजीमा अहिले दक्षिणतिर भागेका छन्।

    images
    images


    इजरायली सेनाले शनिबार राति खान युनिस र दक्षिणी सहर रफाह क्षेत्रका साथै उत्तरका केही भागहरूमा भारी हवाई र स्थल आक्रमण गरे। हमलमा सात प्यालेस्टाइनीको मृत्यु भएको थियो ।यसै क्रममा आइतबार बिहान खान युनुसको पूर्वी भागमा रहेको एक आवासीय भवनमा इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ।


    इजरायलले  सेनाले आफ्नो भूमि विस्तार अभियानलाई अगाडि बढाइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीका अनुसार थल सेनाहरू अहिले दक्षिणतिर अघि बढिरहेका छन् ।यसैबीच, गाजामा पुनः युद्ध भइरहेका बेला अमेरिकाले इजरायललाई संयमता अपनाउन दबाब दिएको छ । उपराष्ट्रपति कमला ह्यारिसले गाजामा धेरै निर्दोष प्यालेस्टाइनी मारिएको बताएकी छन् ।

    अमेरिकी रक्षा सचिव लोयड अस्टिनले निर्दोष नागरिकको सुरक्षा गर्ने इजरायलको नैतिक जिम्मेवारी रहेको बताएका छन् ।हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा युद्ध सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुनेको कुल संख्या १५ हजार २०० भन्दा बढी पुगेको बताएको छ। मृत्यु हुनेमा ७० प्रतिशत महिला र बालबालिका छन् । ४० हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार