आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

कांग्रेस आईका सांसद जोडिएको कम्पनीमा आयकर विभागको छापा, ३५१ करोड भारु बरामद

कांग्रेस आईका सांसद जोडिएको कम्पनीमा आयकर विभागको छापा, ३५१ करोड भारु बरामद

साझा पोष्ट
सोमबार, मंसिर २५ २०८०
  • images
    कांग्रेस आईका सांसद जोडिएको कम्पनीमा आयकर विभागको छापा, ३५१ करोड भारु बरामद
    images

    काठमाडौं । भारतमा आयकर विभागले भारतीय कांग्रेस सांसदको परिवारको स्वामित्वमा रहेको डिस्टिलरी कम्पनी ९रक्सी बनाउने कारखाना० मा छापा मार्दा ३५१ करोड भारतीय रुपैयाँ बरामद भएको छ।

    images
    images

    यो डिस्टिलरी झारखण्डका कांग्रेस राज्यसभा सांसद धीरज साहुको परिवारसँग सम्बन्धित छ। तर साहुले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

    images
    images

    समाचार एजेन्सी पीटीआईले दिएको जानकारीअनुसार यो कुनै पनि अनुसन्धान एजेन्सीद्वारा एकल अपरेसनमा बरामद अहिलेसम्मकै उच्च रकम हो। बौद्ध डिस्टिलरी प्राइभेट लिमिटेडलगायतका प्रवर्द्धकविरुद्ध आयकर विभागको छापा मारेको आइतबार पाँचौँ दिन थियो।कर छली र ‘अफ द बुक’लेनदेनको आरोपमा कर अधिकारीहरूले डिसेम्बर ६ देखि छापा मारिरहेका छन्। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार