आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

हमासलाई निमिट्यान्न नपारेसम्म गाजामा आक्रमण रोकिन्न : इजरायल

हमासलाई निमिट्यान्न नपारेसम्म गाजामा आक्रमण रोकिन्न : इजरायल

साझा पोष्ट
बिहीबार , पुस ५ २०८०
  • images
    हमासलाई निमिट्यान्न नपारेसम्म गाजामा आक्रमण रोकिन्न : इजरायल
    images

    काठमाडौं । गाजामा नरसंहार रोक्न विश्व समूदायले गरेको आग्रहलाई इजरायलले अस्वीकार गरेको छ । इजरायलले हमासको अन्त्य नगरेसम्म गाजामा युद्धविराम नहुने बताएको छ ।

    images
    images

    इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको उन्मूलन नभएसम्म गाजामा युद्धविराम नहुने बताएका हुन् ।नेतान्याहुले विज्ञप्ती मार्फत हमासको अन्त्य नभएसम्म युद्ध नरोक्ने स्पष्ट पारेका हुन् ।
    हमासको उन्मूलन, बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य नै इजरायलको उद्देश्य रहेको नेतान्याहुको भनाई छ ।

    images
    images

    गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्न  इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेलसँग कुराकानी गर्न हमास प्रमुख इस्माइल हानियेह बुधबार कायरो गएपछि नेतान्याहुको यस्तो टिप्पणी आएको हो । नेतान्याहुले कसैको दबाबमा आफ्नो मिसन नरोकिने स्पष्ट पारेका छन् ।

    हमास मात्रै नभई उसका नजिकका मित्रहरुमाथि पनि हाम्रो आक्रमण रहने भन्दै नेतान्याहुले युद्ध विरामका विरुद्ध कडा जवाफ दिएका छन् । ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार