आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

दिल्लीस्थित दूतावास नजिक विष्फोट भएपछि इजरायलले ट्राभल एडभाइजरी जारी गर्‍यो

दिल्लीस्थित दूतावास नजिक विष्फोट भएपछि इजरायलले ट्राभल एडभाइजरी जारी गर्‍यो

साझा पोष्ट
बुधबार, पुस ११ २०८०
  • images
    दिल्लीस्थित दूतावास नजिक विष्फोट भएपछि इजरायलले ट्राभल एडभाइजरी जारी गर्‍यो
    images

    काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक विष्फोट भएपछि इजरायलले ट्राभल एडभाइजरी जारी गरेको छ ।

    images
    images

    इजरायली राष्ट्रिय सुरक्षा परिषदले उक्त विष्फोट ‘आतंकवादी हमला’ हुन सक्ने आशंका गर्दै भारतमा रहेका आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको हो ।

    images
    images

    इजरायली राष्ट्रिय सुरक्षा परिषदले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई भीडभाड हुने ठाउँमा नजान भनेको छ । साथै रेष्टुरेन्ट, होटल, पब, सपिङ मल लगायतका स्थानमा जाँदा सतर्क रहन पनि भनेको छ । साथै सार्वजनिक स्थानहरुमा आफू इजरायली नागरिक भएको पहिचान नखुलाउन र सामाजिक सन्जालहरुमा आफ्नो यात्राबारे उल्लेख नगर्न पनि भनिएको छ ।

    भारतीय समय अनुसार मंगलबार बेलुकी पौने ६ बजेतिर दिल्लीको चाणक्यपुरीस्थित इजरायली दूतावास नजिक विष्फोट भएको थियो । विष्फोट भए पनि कोही पनि हताहती भएका छैनन् ।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार