आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

दिल्लीमा पनि फैलियो कोरोनाको नयाँ भेरिएन्ट ‘जेएन.१’

दिल्लीमा पनि फैलियो कोरोनाको नयाँ भेरिएन्ट ‘जेएन.१’

साझा पोष्ट
बिहीबार , पुस १२ २०८०
  • images
    दिल्लीमा पनि फैलियो कोरोनाको नयाँ भेरिएन्ट ‘जेएन.१’
    images

    काठमाडौं । भारतको राजधानी दिल्लीमा पनि कोरोनाको सबभेरिएन्ट ‘जेएन.१’ फेला परेको छ। 

    images
    images

    दिल्लीमा पहिलोपटक बुधबार जेएन.१ भेरिएन्ट फेला परेको समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै जनाएको छ । 
    दिल्लीका स्वास्थ्य मन्त्री सौरभ भारद्वाजले एएनआईलाई जिनोम सिक्वेन्सिङका लागि पठाइएका तीन नमुनामध्ये एउटामा कोरोनाको सब–भेरिएन्ट जेएन.१ र अन्य दुईमा ओमिक्रोन देखिएको जानकारी दिएका छन्। 

    images
    images

    मन्त्री भारद्वाजले संक्रमण दर हाल १ प्रतिशत मात्र रहेको र यो सब–भेरियन्ट खतरनाक नभएको दाबी पनि गरेका छन् ।  

    योसँगै दिल्लीमा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ। संक्रमितमध्ये २८ वर्षीय पुरुषको मृत्यु पनि भएको बीबीसी हिन्दीले जनाएको छ। 

    तर, अधिकारीले उक्त व्यक्तिको मृत्युको मुख्य कारण कोरोना नभएको दाबी गरेका छन्। उनलाई अरू धेरै रोग थिए।

    यसैबीच भारतमा बुधबार थप ५२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशमा सक्रिय संक्रमितको संख्या ४ हजार ९३ पुगेको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार