आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

गाजामा ‘नरसंहार’ गरेको भन्दै इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर

गाजामा ‘नरसंहार’ गरेको भन्दै इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर

साझा पोष्ट
शनिबार, पुस १४ २०८०
  • images
    गाजामा ‘नरसंहार’ गरेको भन्दै इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर
    images

    काठमाडौं । इजरायलले गाजामा नरसंहार गरेको आरोप लगाउँदै दक्षिण अफ्रिकाले  अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा मुद्दा दायर गरेको छ। आईसीजेले ‘जेनोसाइड कन्भेन्सन’अन्तर्गत इजरायलको दायित्व उल्लंघनसँग सम्बन्धित मुद्दा दायर गरेको पुष्टि गरेको बीबीसीले जनाएको छ । 

    images
    images

    ‘अदालतले प्रारम्भिक रूपमा इजरायललाई गाजामा प्यालेस्टिनी जनतालाई मार्ने र गम्भीर मानसिक र शारीरिक हानि पुर्‍याउन बन्द गर्न तत्काल आदेश दिनुपर्छ।’आईसीजेमा मुद्दा दायर गरेपछि दक्षिण अफ्रिकाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी नरसंहार हुनबाट रोक्न बाध्य छौँ।’
    उसले थप भनेको छ, ‘गाजापट्टीमा इजरायलले गरेको आक्रमण र त्यहाँबाट लखेटिएका नागरिकहरूको दुर्दशा देखेर दक्षिण अफ्रिका अत्यन्त चिन्तित छ।’साथै त्यहाँ (गाजामा) मानवताविरुद्धका अपराध र नरसंहार भइरहेका रिपोर्ट प्राप्त भइरहेको दाबी दक्षिण अफ्रिकाले गरेको छ। 

    images
    images

    ‘त्यहाँ मानवताविरुद्धका अपराध र युद्ध अपराधजस्ता अन्तर्राष्ट्रिय अपराधका साथै नरसंहार वा यस्तै अपराधका रिपोर्टहरू आइरहेका छन्।’ विज्ञप्तिमा उसले भनेको छ । आफ्नो आवेदनमा दक्षिण अफ्रिकाले आईसीजेलाई अर्को हप्ता मुद्दाको सुनुवाइ गर्न माग गरेको छ। 
    तर इजरायली विदेश मन्त्रालयले दक्षिण अफ्रिकाले लगाएको यो आरोपलाई अस्वीकार गरेको जनाएको छ।  विदेश मन्त्रालयका प्रवक्ता लियोर हयातले भने दक्षिण अफ्रिकाको दाबीलाई ‘अदालतको घृणित र अपमानजनक शोषण’ भनी टिप्पणी गरेका छन्।  

    नेदरल्यान्ड्‌सको द हेगमा रहेको आईसीजे संयुक्त राष्ट्र संघको प्रमुख कानुनी निकाय हो। यसले विभिन्न देशबीचका विवाद समाधान गर्दछ र अन्तर्राष्ट्रिय कानुनी मुद्दामा सल्लाह दिन्छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार