आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

कांग्रेसको चेतावनी : संसदीय छानबिन समिति नबनाए संसद चल्दैन

कांग्रेसको चेतावनी : संसदीय छानबिन समिति नबनाए संसद चल्दैन

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    कांग्रेसको चेतावनी :  संसदीय छानबिन समिति नबनाए संसद चल्दैन
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चैत २७ गतेसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभए संसद बैठक चल्न नदिने चेतावनी दिएको छ ।

    images
    images

    बुधबार प्रतिनिधि सभाको बैठकमा सुरुमै समय लिएर बोल्दै कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले  सरकारलाई अल्टिमेटमदिएका हुन् । उनले सरकार आफ्नो पार्टीले उठाएको मागमा गम्भीर नभएको पनि गुनासो गरे ।

    images
    images

    उनले भने , ‘सरकारले अर्को बैठकमा आउँदै गर्दा संसदीय छानबिन समिति लिएर आओस् । हामी त्यो कुराभन्दा दायाँबायाँ हुने वाला छैनौं ।’

    कांग्रेसले सहकारीको रकम हिनामिनामा गृहमन्त्रीको नामसमेत जोडिएको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर प्रधानमन्त्रीले भने संसदमा बोल्दै लामिछाने निर्दोष रहेको बताएपछि कांग्रेस झन चिढिएको छ । 

    विगतमा प्रधानमन्त्रीको जवाफ माग गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री लामिछाने निर्दोष रहेको बताएको र त्यस्तो जवाफले शंका उब्जाएको शर्माले बताए ।

    पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धान हुँदैछ भनेको तर, नयाँ समीकरण बनेपछि अनुसन्धान नै रोकिएको भन्दै उनले सहकारीको वचतकर्ताको अधिकारका लागि समेत संसदले निकास दिनुपर्ने बताए । यसका लागि आरोपित गृहमन्त्रीको सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको माग छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार