आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

बझाङमा एकीकृत समाजवादीको जमानत जफत, माओवादीले भने जोगायो

बझाङमा एकीकृत समाजवादीको जमानत जफत, माओवादीले भने जोगायो

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    बझाङमा एकीकृत समाजवादीको जमानत जफत, माओवादीले भने जोगायो
    images

    काठमाडौं । बझाङको प्रदेशसभा उपचुनावमा नेकपा एकीकृत समाजवादीसहित ८ उम्मेदवारले जमानत जोगाउन सकेनन् । 

    images
    images

    एकीकृत समाजवादीका दिलबहादुर सिंह २ हजार ५१४ मतसहित चौथो बने पनि जमानत जोगाउन सकेनन् । अर्को सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पनि मुश्किलले जमानत जोगाएको छ । तेस्रो बनेको माओवादी केन्द्रले भने ३ हजार ८३१ मतसहित जमानत जोगाएको छ । बझाङ प्रदेश सभा उपचुनावमा खसेको मतमध्ये २९ हजार ७०५ मत सदर भएको थियो । तर एकीकृत समाजवादीले भने सदर मतको १० प्रतिशत मत ल्याउन नसकेर जमानत जफत भएको हो । 

    images
    images

     त्यस्तै, जमानत नजोगाउनमा राप्रपा पनि छ । राप्रपाका किशोरकुमार खड्काले २४२ मत पाएका छन् ।नेसनल रिपब्लिक नेपाल पार्टीका कमल घर्तीमगरले सवैभन्दा थोरै २ मत मात्रै पाए । नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाहीले २४ मत, जनमत पार्टीकी सुशीला देवी विष्टले २६, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्काले २८, राष्ट्रिय मातृभूमि पार्टीमा गजेन्द्रबहादुर थापाले ३५ र जनता समाजवादी पार्टीका रामबहादुर जाग्रीले ४४ मत पाए ।

     ११ हजार ६१३ मत ल्याएर नेकपा एमालेका दमन भण्डारीले उपचुनाव जित्दा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत पाएका छन् । यो क्षेत्रमा ६१ हजार ७६८ मतदाता रहेकोमा ३० हजार ३२८ मत खसेको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार