शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत

गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत

साझा पोष्ट
आइतबार, वैशाख २३ २०८१
  • images
    गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत
    images

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन् । गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले आइतबार प्रदेशसभामा विश्वासको मत मागेका हुन् ।

    images
    images
    images

    संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले १६८ (४) बमोजिम विश्वासको मत मागे। ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ जना पुग्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    images
    images


    सभामुख कृष्णप्रसाद धिताललाई समेत गणना गरी मुख्यमन्त्री नियुक्त भएपछि निवर्तमान मुख्यमन्त्री पाण्डेले अधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । तर सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले अधिकारीलाई विश्वासको मत लिएर आफूलाई बहुमत पुष्टि गर्न बाटो खुला गरिदिएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार