आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

जसपाको असन्तुष्ट समूह एमाले-माओवादी गठबन्धनमै रहने

जसपाको असन्तुष्ट समूह एमाले-माओवादी गठबन्धनमै रहने

साझा पोष्ट
आइतबार, वैशाख २३ २०८१
  • images
    जसपाको असन्तुष्ट समूह एमाले-माओवादी गठबन्धनमै रहने
    images

    काठमाडौं । उपेन्द्र यादवबाट अलग भएको जनता समाजवादी पार्टीको असन्तुष्ट समूहले एमाले-माओवादी गठबन्धनलाई साथ दिने भएको छ ।

    images
    images
    images

    कांग्रेसले माधव नेपाललाई अघि सारेर वैकल्पिक समीकरण बनाउन पहल गरिरहेको बेला विभाजन भएको जसपाले अहिलेकै सरकारलाई साथ दिने भएको हो । 

    images
    images

    निर्वाचन आयोग पुगेका नेता राजेन्द्र श्रेष्ठले उपेन्द्र यादवले समर्थन फिर्ता लिन खोजेपछि विभाजनतिर लाग्नु परेको उनले बताए ।पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन रहने उनले बताए ।

    ‘प्रतिनिधिसभाको १२ जनामध्ये ७ जना बहुमत सांसद हामीसँग छन्’, उनले भने । मनपरी तरिकाले निर्णय गर्ने प्रवृत्ति बढेकाले आफूहरूले पहिलेदेखि विरोध गर्दै आएको र अहिले अलग भएको उनले बताए । अशोक राईको नेतृत्वमा रहेको समूहले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार