आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

उपेन्द्रको पार्टी फूट्दा समस्यामा माधव नेपाल, गठबन्धन तोड्ने प्रयासमा धक्का

उपेन्द्रको पार्टी फूट्दा समस्यामा माधव नेपाल, गठबन्धन तोड्ने प्रयासमा धक्का

साझा पोष्ट
आइतबार, वैशाख २३ २०८१
  • images
    उपेन्द्रको पार्टी फूट्दा समस्यामा माधव नेपाल, गठबन्धन तोड्ने प्रयासमा धक्का
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल  प्रचण्डले कांग्रेससँगको गठबन्धन छाडेर गत फागुन २१ मा एमालेसहितको गठबन्धन बनाएकोमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल खुशी थिएनन्, तथापि उनी एमालेसहितको गठबन्धनमा चाहेर\नचाहेर मिसिए ।

    images
    images
    images

    खासमा यो गठबन्धनमा मिसिनु उनका लागि बाध्यता थियो, जसको पुष्टि उनका बारम्बरका गतिविधिले पुष्टि गर्छ ।  त्यसो त उनलाई यो गठबन्धनमा मिसिनु अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटेर प्रधानमन्त्री बन्न अफर नगरेका पनि होईनन, जसलाई माधव नेपालले अस्वीकार गरे । तर एमाले-माओवादी गठबन्धनमा बसे पनि उनी सन्तुष्ट थिएनन, जसको प्रष्ट संकेत र सन्देश उनले बारम्बार सार्वजनिक मञ्चबाटै दिने गरेका थिए ।

    images
    images

    ‘हामी गठबन्धनमै छौं, तर मनमा चैन छैन, कुन दिन के हुने हो थाहा छैन ।’ गत साता चितवनमा यस्तो  स्टेटमेन्ट दिएर उनले गठबन्धन संकटमा रहेको प्रष्ट संकेत गरेका थिए । त्यति मात्रै होईन, केही दिन अघि नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर 'कोर्स करेक्सन'का लागि दबाब दिएका थिए ।

    स्रोतका अनुसार झण्डै दुई घण्टा चलेको भेटवार्तामा माधवकुमार नेपालले प्रचण्डलाई ‘कोर्ष करेक्सन आफै गर्नुहुन्छ कि म गरौं ? ’ भनेर चेतावनी दिएका थिए । माधव नेपालले त्यसो भन्नुको पछाडिको मुख्य कारण कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको आडनै थियो । स्रोतका अनुसार माधव नेपालले प्रधानमन्त्री प्रचण्डलाई 'कोर्ष करेक्सन'का लागि 'एक महिना दिएका' थिए ।

    प्रतिनिधि सभामा १२ सिट रहेको जसपाका अध्यक्ष उपेन्द्र यादव १० सिट रहेको माधव नेपाललाई बिना कुनै हिचकिचाट समर्थन गर्न राजी भएका थिए, किनकी ओलीसँगको गठबन्धन सहज नभएको उपेन्द्र यादवको विश्लेषण थियो, त्यसैले माधव नेपालले चाल्ने मुभमा उनी राजी भैसकेका थिए । 

    त्यसैले  माधव नेपाल ओलीसँग दूरी बढाउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा जोडिएका थिए र उनी निरन्तर छलफलमा छन् । वैकल्पिक गठबन्धनमा कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, नागरिक उन्मुक्ति र लोसपाका ४–४ जोड्दा १३८ सांसदको हिसाब थियो ।

    त्यही हिसाब निकालेरै माधव नेपाल ओलीविरुद्ध कटाक्ष गर्नेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई घुर्क्याउने काममा लागेका थिए । तर यो योजनामा आईतवार तुषारापात भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी फूटेको छ र फुट्दा १२ मध्ये ७ सांसद नयाँ बनेको दलका अध्यक्ष अशोक राईको पक्षमा उभिएका छन् । 
    र, यो अवस्था एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बनाई दिएका छन् । माधव र उपेन्द्रको योजना थाहा पाएपछि रवि लामिछानेको साथ लिएर ओली र प्रचण्डले यो खेल 'डिफ्यूज' गरिदिए । 

    आइतबार प्रचण्ड, ओली र रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेबीचको बैठकले परिस्थितिको विश्लेषण गर्दै प्रतिरक्षाको रणनीति बनाएको थियो । जसको परिणाम आईतवार जसपा विभाजनबाट देखिएको छ ।

    ‘हामी ऐतिहासिक रुपमा बनेको यो सरकारको निरन्तरताको पक्षमा छौं ।’ पार्टी दर्ता गरेपछि जसपा नेता राजेन्द्र श्रेष्ठले भने, उपेन्द्र यादवले सरकार ढाल्न खोजेपछि हामीले यो कदम चालेका हौं । ’ श्रेष्ठको यो प्रतिक्रिया एमाले–माओवादीसहितको गठबन्धनमा सात जना सांसदसहितको नयाँ दल बडो दृढताका साथ उभिने प्रष्ट हुन्छ । किनकी एमाले अध्यक्ष ओलीसँगको लामो सरसल्लाहमै अशोक राईहरुले पार्टी विभाजनको कदम चालेको बताइएको छ । स्रोतका अनुसार त जसपाभित्रबाट शुरु भएको यो उथलपुथल रोकिने वाला छैन, यो स्वयं माधवकुमार नेपालको पार्टी एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीसम्म पुग्ने संभावना छ । ओलीले माधव नेपालको पार्टीमा पनि विभाजन ल्याउन कोशिस गरिरहेको स्रोत बताउँछ । माधव नेपाल र उपेन्द्र यादव बिनानै बहुमत पुग्ने ओली-प्रचण्डको आंकलन छ । 
    जसपामा विभाजनसँगै माधव उपेन्द्रविनै गठबन्धन टिकाउने आधार तयार भएको उनीहरुको निष्कर्ष छ । । एमाले, माओवादी, रास्वपा, फुटेको जसपा, नागरिक उन्मुक्तिले बहुमतको गणित पुग्छ । एमालेका एक जना निलम्बित रहेकोले ७८ सांसद छन् । माओवादीका ३२, रास्वपाका २१ र विभाजित जसपाका ७ गर्दा १३८ अर्थात  बहुमत पुग्छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका २ जना यसमा जोड्दा १४० हुन्छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार