आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

इजरायल–हमास वार्ता निष्कर्षविहीन, फेरि आक्रमण शुरु

इजरायल–हमास वार्ता निष्कर्षविहीन, फेरि आक्रमण शुरु

साझा पोष्ट
सोमबार, वैशाख २४ २०८१
  • images
    इजरायल–हमास वार्ता निष्कर्षविहीन, फेरि आक्रमण शुरु
    images

    काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता बिना निष्कर्ष सकिएकोछ । वार्ता सफल हुन नसकेको दोष  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र हमासका कमाण्डर इस्माइल हानियेले एकअर्कालाई लगाएका छन् ।

    images
    images
    images

    गाजामा संघर्षविराम र इजरायली बन्धकलाई रिहा गर्ने उद्देश्यअनुुसार इजिप्टको राजधानी कायरोमा वार्ता भएको थियो । दोस्रो दिनको वार्ता आइतबार समाप्त भएको छ ।

    images
    images

    वार्ता निष्कर्षविहीन भएलगत्तै इजरायल र गाजाको बीचमा पर्ने एक प्रहरी चौकीमा रकेट हमला समेत भएको छ । गाजा क्षेत्रबाट भएको सो हमलामा परी आफ्ना तीन सैनिक मारिएको र केही घाइते भएका इजरायलले जनाएको छ ।

    हमासको वार्ता टोलीका सदस्यहरुका अनुसार अब उनीहरु कतार फर्किने छन् । कतार पुगेर आफ्ना शीर्ष नेताहरुलाई भेटेर वार्तामा भएका कुराकानीका विषय जानकारी गराउने छन् । वार्ताका जानकार एक अधिकारीका अनुसार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी ९सीआईए०का निर्देशक विलियम बन्र्स पनि कतार जानेछन् ।

    वार्ता समाप्त भएको खबर सार्वजनिक हुनासाथ गाजा क्षेत्रमा राहत सामग्री पुर्‍याउने बाटोमा पर्ने केरेम शेलोम चौकीमा रकेट आक्रमण भएको बीबीसीले जनाएको छ । यस्तै दक्षिणी गाजा क्षेत्रमा रफाह चौकी नजिक पनि १० प्रोजेक्टाइल प्रहार भएको छ ।

    यसैबीच इजरायलको तेल अभिव शहरमा सरकारविरुद्ध व्यापक प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले हमासले बन्धक बनाएकाहरुलाई सकुशल रिहा गराउन इजरायल सरकारसँग माग गर्दै आएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार