बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

सन्दीप पक्षको जवाफी बहसपछि आजै फैसला हुने

सन्दीप पक्षको जवाफी बहसपछि आजै फैसला हुने

साझा पोष्ट
बुधबार, जेठ २ २०८१
  • images
    सन्दीप पक्षको जवाफी बहसपछि आजै फैसला हुने
    images

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला २६ पक्षको बहस सकिएको छ । अब केहीबेरमा खाजा समय सकिएपछि सन्दीप पक्षका दुई वकिलहरूले जवाफी बहस गर्नेछन् ।


    हिजोदेखि सुरू भएको सुनुवाइ आज अघि बढेको हो । हिजो गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।  दुवै पक्षलाई डेढ घन्टा समय दिइएकोमा  गौशाला २६ का वकिलहरूले खाजा समय अगाडि बहस सकेका छन् ।

    images
    images

    अहिले सन्दीप पक्षलाई ५० मिनेटभित्र बहस सक्न भनिएको छ । सन्दीपका प्रमुख वकिल सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गर्नेछन् । त्यसपछि बहस टुंगिनेछ र फैसलाको प्रक्रियामा जानेछ । न्यायाधीशहरूले आजै फैसला सुनाउने तयारी छ । 

    प्रतिक्रिया हरु
    थप समाचार