बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

सुनको भाउमा फेरि नयाँ रेकर्ड

सुनको भाउमा फेरि नयाँ रेकर्ड

साझा पोष्ट
बिहीबार , जेठ ३ २०८१
  • images
    सुनको भाउमा फेरि नयाँ रेकर्ड
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य आज हालसम्मकै उच्च भएको हो।


    आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार रुपैयाँ पुगेको छ । हिजो एक लाख ३८ हजार ४ सयमा कारोबार भएको थियो ।

    images
    images

    यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ भने आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेर एक हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन क्रमिक रुपमा घट्दै १९ गते १ लाख ३४ हजार ५ सय रुपैयाँमा झर्‍यो । त्यसयता सुनको भाउ फेरि उकालो लागेको हो । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको छ । यसअघि हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया हरु
    थप समाचार