बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

२ केजी ६५४ ग्राम कोकिनसहित ३ जना अन्तर्राष्ट्रिय कारोबारी पक्राउ

२ केजी ६५४ ग्राम कोकिनसहित ३ जना अन्तर्राष्ट्रिय कारोबारी पक्राउ

साझा पोष्ट
बिहीबार , जेठ ३ २०८१
  • images
    २ केजी ६५४ ग्राम  कोकिनसहित ३ जना अन्तर्राष्ट्रिय कारोबारी पक्राउ
    images

    काठमाडौं । नेपाल प्रहरीले अवैध लागुऔषध कोकिन २ केजी ६५४ ग्रामसहित ३ जना कोकिनका अन्तर्राष्ट्रिय कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    बिहीवार नेपाल प्रहरकिो लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ गरिएका सबै अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको प्रहरीले बताएको छ ।

    images
    images

    पक्राउ पर्नेमा युगाण्डाकी ४४ वर्षीया केभिना मुगाला, युगाण्डाकै लिलियान सुसन वानयाङजी र भारतीय नागरिक ३३ वर्षी दिवा जनी पल रहेको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक गाविन्द थपलियाले जानकारी दिए । उनका अनुसार केभिनाले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट उपचार पद्धतिबाट निकालिएको छ । पेटभित्रबाट निकालिएका क्याप्सुलको तौल १ किलो २६० ग्राम रहेको छ । जेठ २ गते धोबिचौरबाट पक्राउ परेका वानयाङजीको साथबाट १ किलो ३९४ ग्राम कोकिन फेला परेको छ । उहाँले पल भने १ किलो ३९४ ग्राम कोकिन किन्न धोबीचौर पुगेको बेलामा पक्राउ गरिएको बताए ।

    प्रहरी वरिष्ठ उपरीक्षक थपलियालेबरामद गरिउको अवैध लागुऔषध कोकिन २ के।जी। ६५४ ग्रामको अवैध बजारमूल्य ७ करोड ९६ लाख रहेको जानकारी दिए ।  निजहरुउपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भइ अनुसन्धान भइरहेको छ । —न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया हरु
    थप समाचार