बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

काठमाडौंका मेयर बालेनविरुद्ध कुटपीट र लुटपाटको मुद्दा दायर

काठमाडौंका मेयर बालेनविरुद्ध कुटपीट र लुटपाटको मुद्दा दायर

साझा पोष्ट
बिहीबार , जेठ ३ २०८१
  • images
    काठमाडौंका मेयर बालेनविरुद्ध कुटपीट र लुटपाटको मुद्दा दायर
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध जिल्ला अदालतमा कुटपिट र लुटपाटको मुद्दा दायर भएको छ ।

    प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले आफूमाथि कुटपिट र लुटपाट भएको भन्दै मेयर शाह, नगर प्रहरी प्रमुख पाण्डे र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध बिहीबार काठमाडौं जिल्ला अदालतमा कुटपिट र लुटपाटको मुद्दा दायर गरेका हुन  । 

    images
    images

    उनीहरुलाई कुटपिटबापत मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना माग गरिएको छ । त्यस्तै लुटपाटतर्फ दफा २८६ ९३० बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरिएको छ । 

    काठमाडौं महानगरपालिकाले सुन्धारामा १६ फागुनमा फुटपाथ व्यवसायीमाथि गरेको धरपकडका क्रममा आफूमाथि कुटपिट भएको र क्यामेरालगायत सञ्चार उपकरण फुटाइदिएको भन्दै प्रधान सम्पादक पोखरेलले अदालतमा निवेदन दिएका हुन् ।

    प्रतिक्रिया हरु
    थप समाचार