बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

डा.गोविन्द के.सी.ले तोडे अनसन

डा.गोविन्द के.सी.ले तोडे अनसन

साझा पोष्ट
बिहीबार , जेठ ३ २०८१
  • images
    डा.गोविन्द के.सी.ले तोडे अनसन
    images

    काठमाडौं । डा.गोविन्द के.सीले २२ औँ पटकको आमरण अनसनम तोडेका छन् ।अनसन बसेका केसीले कतैबाट पनि वास्ता नभएपछि अनसन भंग गरेका हुन् ।

    विहीवार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै २२ ‍औं अनसन तोडे  । पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसेको छैटौं दिनमा द्वन्द्व पीडितहरु भानुप्रताव साह,उज्वलकुमार श्रेष्ठ र सावित्री श्रेष्ठको हातबाट जुस खाएर अनसन तोडेका छन् । डाक्टर केसीले साह द्वन्द्वकालमा घाइते भएर आफैँले अप्रेसन गरेका घाइते भएको बताए । द्वन्द्व पीडितहरुलाई आफैँले उपचार गरेकाले उहाँहरुको हातबाट जुस लिएको बताए । उनले राज्यले नागरिकहरु प्रतिको दायित्व निर्वाह नगर्ने देखिएकाले अनसन तोेडेको बताए । उनले द्वन्द्व पीडितहरुले न्याय पाउनुपर्छ भन्दै ६ वर्षअघि देखि माग राख्दै आएको तर अहिलेसम्म सम्बोधन नगरेको बताए ।

    images
    images

    उनले आज अनसनको छैटौं दिन स्वास्थ्य अवस्था क्रिटिकल हुँदै गएको डाक्टरहरूले औंल्याएसँगै अनसन तोडेको बताए । वर्तमान शासकहरूको नियतलाई दृष्टिगत गर्दै अनसन तोड्नुपरेको उल्लेख गरे । उनले हत्या हिंसाको माध्यमबाट सत्तामा आएका दल र त्यस्तो पृष्ठभुमिमा रमेका रमाएकाहरूले शान्तिपूर्ण अहिंसात्मक सत्याग्रहको माग सुनुवाइ गर्छन् र शासकहरू संवेदनशील बन्छन् भन्नेकुरा सोच्नु मुर्खता भएको बताए । उनले अनैतिक शासकहरूको अगाडि नागरिकको नैतिक याचना फगत याचनाको रूपमा रहेको देखिएको उल्लेख गरे ।

    डाक्टर केसीका अनसनमा सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने भन्दै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तत्काल राजीनामा माग थियो । सबै नेपालीलाई निःशुल्क औषधि–उपचारको व्यवस्था गर्नुपर्ने, यसअघि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने विषयमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, कार्की आयोगले दोषी ठह¥याएका व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने थप चार बुँदे माग राखेर अनसनमा थिए । 

     

    प्रतिक्रिया हरु
    थप समाचार