बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

लागू पदार्थ सेवन गरी गाडी चलाउने ६ जना पक्राउ

लागू पदार्थ सेवन गरी गाडी चलाउने ६ जना पक्राउ

साझा पोष्ट
शनिबार, जेठ ५ २०८१
  • images
    लागू पदार्थ सेवन गरी गाडी चलाउने ६ जना पक्राउ
    images

    काठमाडौं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । 
     ना ३ ख ३९४ नम्बरका ट्रक चालक मोरङको बेलबारी नगरपालिका १ का ३१ वर्षीय अर्जुन खान, ना ४ ख ४२ १५ नम्बरका भाडा बस चालक नुवाकोटको किस्पाङ गाउँपालिका ३ का २६ वर्षीय सुशिल परीयार नेपाली, ग २ ख ६३८ नम्बरका हायस चालक गोरखाको पालुङटार नगरपालिका १० का २६ वर्षीय पारस अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    यस्तै मधेश प्रदेश ०३-००१ ख ७७ ४४ नम्बरका ट्रक चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका २ का २७ वर्षीय सुरेश तामाङ, बागमती प्रदेश ०१-००३ क ८७ ३४ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका २ का ३१ वर्षीय श्रीकृष्ण कार्की र ना ६ ख २९ ०९ नम्बरका ट्रक चालक चितवनको राप्ती नगरपालिका ३ का २२ वर्षीय जिवन राईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images

    नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले जाँच गर्दा  गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो । नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । 


    प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे–नगरेको चेक गर्दै आएको छ ।

    नागढुङगामा शुक्रवार २५ ओटा सवारी साधनलाई चेक गर्दा ६ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।  
    ।  
    चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । 

    प्रतिक्रिया हरु
    थप समाचार